उदयपुर, प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले प्रदेश–१ को नाम केही दिनमानै टुङग्याइने बताएका छन् । प्रेस सङ्गठन उदयपुरले गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री राईले प्रदेश १ को नाम सहमतिबाट टुङ्ग्याउने अन्तिम चरणमा पुगेको बताएका छन् । उनले प्रदेशको नाम किरात, कोशी किरात, सगरमाथा, कोशी सगरमाथा प्रदेशलगायतका विकल्पको विषयमा छलफल भएको बताएका छन् ।

मुख्यमन्त्री राईले प्रदेशको नाम असारको दोस्रो हप्ताभित्र टुङ्गो लगाइ सक्ने बताएका छन् । प्रदेश नं १ को राजधानी विराटनगर राख्ने विषय सबैको सहमतिले पारित भए झैँ प्रदेशको नाम पनि सर्वसम्मत पारित हुने उनले दाबी गरेका छन् ।

कृषिबाटै प्रदेशका जनताको समृद्धि गर्नका लागि प्रदेश– १ सरकारले ६० प्रतिशतभन्दा बढी आर्थिक योजना कृषिमा जोड दिएको मुख्यमन्त्री राईले बताए । अहिले सङ्घीयता र गणतन्त्रमाथि चारैतिरबाट प्रहार हुन शुरु गरेको र वर्तमान सङ्घीय सरकार तथा प्रदेश सरकारलाई असफल बनाउन बाह्य तथा भित्री शक्तिहरुसमेत लागिपरेको कारण प्रजातान्त्रिक र गणतान्त्रिक शक्ति एकजुट हुनु पर्नेमा उनले जोड दिए ।

तपाईको प्रतिक्रिया