कम्बोडियामा निर्माण हुँदै गरेको एउटा साततले भवन भत्किँदा कम्तीमा १५ जनाको मृत्यु भएको र केही अरू व्यक्ति हराइरहेको अधिकारीहरूले बताएका छन्। भवनको भग्नावशेषमा जीवित व्यक्तिको खोजी भइरहेको छ। तटीय नगर सिहानुकभिलमा भएको सो घटनामा कम्तीमा २४ जना घाइते भएका छन्। तीमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ। चिनियाँ कम्पनीले सो भवनको निर्माण गरिरहेको थियो। केही वर्षयता चिनियाँ होटल र क्यासिनोहरूको निर्माणका कारण सिहानुकभिलको रूप फेरिएको छ। भवन भत्किएपछि सो भवनका मालिक, निर्माण कम्पनीका प्रमुख र ठेकेदारसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। सो भवन भएको जमिनका कम्बोडियाली मालिकलाई पनि सोधपुछका लागि नियन्त्रणमा लिइएको छ।
कति जना हराइरहेका छन्रु
भवनको भग्नावशेषमा उद्धारकार्य जारी छ। तर कति व्यक्ति हराइरहेका छन् भन्ने विवरणमा एकरूपता छैन।
मृत्यु हुनेमा केही व्यक्ति कम्बोडियाली नागरिक भएको पुष्टि भएको छ।
उद्धारकार्यमा झन्डै एक हजार व्यक्ति खटिएका छन्। उद्धारकर्मीहरूले स्टीलको संरचना काटेर भग्नावशेष हटाउन खोजिरहेका छन्।
निर्माणमा संलग्न मजदुरहरूले आफूहरू सोही भवनमा बस्ने गरेकोबताएका छन् ।
भत्किनुभन्दा केही समयअघि भवन थर्कियो अनि भत्किन थाल्यो, एक मजदुरले भने, भाग्न पनि नपाइनेगरी सबै कुरा भयो।

म र मेरी श्रीमतीले गुहार माग्यौँ,उनले बताए, हामी चिच्यायौँ तर कसैले पनि प्रतिक्रिया दिएको सुनिएन। हामीलाई भग्नावशेषमा पुरिएर मरिन्छ भन्ने लाग्यो।
उनीहरू दुवै जनालाई १२ घण्टापछि उद्धार गरियो।
सो स्थानका प्रमुख प्रशासकका अनुसार भवन निर्माणस्थलमा झन्डै ५० जना मजदुर थिए।

तपाईको प्रतिक्रिया