बारुद लोड गरेको बन्दुकसहित दुई जना पक्राऊ परेका छन् । भोजपुर नगरपालिका ३ बाट ४६ वर्षीय जीतकुमार राई र ३६ वर्षीय लालबहादुर भुजेललाई जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको टोलीले पक्राऊ गरेको हो ।

जीतकुमार राईको घरमा खानतलासी गर्दा बारुद लोड गरेको एक नाले भरुवा बन्दुक, छर्रा १४ थान, कुरिङ ढुङ्ग १० थान र दुई सय ग्राम बारुद बरामद गरेको हो ।

    यो पनि पढ्नुहोस्

त्यस्तै लालबहादुरको घरबाट एक नाले बन्दुक एक थान, छर्रा १६ थान, पटाका तीन प्याकेट र दुई सय ग्राम बारुद बरामद भएको छ । प्रहरीले दुवैजनामाथि अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया