रुपन्देहीको सैनामैनामा घरायसी विवादका कारण परिवारकै सदस्यले घरमा आगजनी गरेका छन् ।

सैनामैना १ की कुन्तादेवी घिमिरेको घरमा उनका माइलो छोरा २७ वर्षीय माधव घिमिरेले आगजनी गरेका हुन् । आगजनीबाट माटोको पर्खाल र टिनले छाएको एकतले घर र घरमा रहेका नगद, गरगहना, खाद्यान्न जलेर नष्ट भएका छन् ।

 

 

 

इलाका प्रहरी कार्यालय रन्यौरा सैनामैनाका प्रहरी नायब निरीक्षक बाबुराम घिमिरेका अनुसार दराजमा राखिएको २ लाख ५० हजार रुपैयाँ नगद, ७ तोला सुन, पलङ, टिभी, कपडा समेत गरी आगजनीबाट २० लाख रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ ।

आगलागीबाट मानवीय क्षति भने भएको छैन । अंशवण्डाका विषयमा बिहान झगडा भएको र परिवारका सदस्य घरबाट बाहिर निस्केको मौकामा माधवले घरमा आगो लगाएका प्रहरीले जानकारी दिएको छ ।

आगजनी गर्ने घिमिरेलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ ।

 

तपाईको प्रतिक्रिया