सुन्दरहरैचा, विद्यार्थीलाई शिक्षकद्वारा यातना दिइने घटनाका बारेमा पत्रपत्रिकामा पटक–पटक पढ्न र टेलीभिजनमा हेर्न पाइएको छ तर शिक्षकहरूको चेत भने अझै खुल्न सकेको देखिन्न । मोरङको सुन्दरहरैचा नगरपालिका वडा नं ०९ मा रहेको बाल सदन एकेडेमीका प्रध्यानाध्यापक दिपक केसीले उक्त विद्यालयमा अद्ययन गर्ने कक्षा ०८ कि १५ वर्षिया छात्रा सृस्‍टि यादवलाई कुटपिट गरेका छन । मंगलबार कक्षा कोठामा पढिरहेको अवस्थामा साथीहरु सग जिस्किने क्रममा पेपरमा जथाभावी शब्द लेखेको विषयलाई आधार मानेर प्रध्यानाध्यापक केसिले आमाकै अगाडि कुटेको यादवले बताएकी छिन ।

कक्षा ८ मा अध्यनरत १५ वर्षिया छात्रा सृटि यादव मुटुको विरामी छन । विद्यालय प्रसासनलाई उनी विरामी रहेको थाह भएपनी वेवास्ता गर्दै प्रध्यानाध्यापक बाटनै निमर्म किटपिट भएको छ । अहिले वालीका डर र पिडामा रहेकी छन । कुटाइ खाने र त्रसित हुने विद्यार्थीको स्कुलप्रतिको धारणा कस्तो होला ?  आफुले आफ्नी छोरी कुटेको विषयमा बुझ्न् जादा प्रध्यानाध्यापक केसीले जातपातको कुरा गरेको विधार्थीको आमा रेनुका यादवले आरोप लगाएकी छिन । उनले आफ्नो छोरीले कागजमा त्यस्तो लेख्नु गल्ती गरे पनि शिक्षकले त्यसरी कुट्नु नहुने र मानविय संवेदनशिलतालाई ख्याल गर्नु पर्ने बताउछीन ।

उनले विधालय प्रशासनलाई पटक पटक आफ्नी छोरी मुटुको विराम रहेको बताए पनि विधालयका प्रध्यानाध्यापकले विधार्थीको स्वास्थ्य स्थिती नबुझी निर्ममता पुर्वक कुटेको र आफुले त्यसमा न्याय नपाएको यादवले सप्तकोशी अनलाइनलाई बताइन ।

यता प्रध्यानाध्यापक केसिले पनि आफुले बिधार्थी कुटेको तर डर देखाउनलाई त्यस्तो गरेको स्विकार गरेका छन । विधार्थी कुटपिट पश्चात उक्त घटनाको वास्तविकता बुझ्न् जादा प्रध्यानाध्यापक केसिले विधार्थीलाई खुट्टामा मात्रा कुटेको तर घर गए पछी अभिभावक ( आमा ) ले आँफै छोरीलाई कुटेको र कुटे पछी आफुलाई आरोप लगाएको बताएका छन । कस्तो मानसिकता हो, यो विद्यार्थीलाई सुधार्न कुट्नैपर्ने ? शारीरिक यातना दिनैपर्ने ? के यसले विद्यार्थीमा भवीस्य सम्मुजल बनाउला त ?

तपाईको प्रतिक्रिया