मोरङ। सुन्दरहरैचामा दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी सस्थाको भेला सुन्दरहरैचा, मोरङको सुन्दरहरैंचा नगरपालिकामा दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी भन्ने नाराका साथ सहकारी संस्था एकिकरण विषयक एक दिबशीय गोष्ठी तथा अन्तरक्रीया कार्यक्रम सम्पन्न भएको छ ।

सहकारी सम्मन्वय समिति सुन्दरहरैचाको आयोजनामा बुधवार नगरपालिकाको वडा नं. ४ स्थित गोकर्ण रिसोर्टको सभाहलमा सहकारी सम्मन्वय समितिका संयोजक नरेन्द्र बस्नेतको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । उक्त गोष्ठीमा कृषि विकास बैंकका पुर्व कर्मचारी रुद्र भट्राई र जिल्ला बचत तथा सहकारी संघका अध्यक्ष सोमनाथ निरौलाले सहभागिलाई सहकारी सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको नयाँ ऐन नियम नियमावलीलाई कसरी पालना गर्ने भन्ने विषयमा केन्द्रीत रहेर सहभागि हरुलाई जानकारी गराएका थिए । कुनै व्यक्ति एक स्थानीय तहको एकै प्रकृतिका एक भन्दा बढी संस्थामा सदस्य हुन नपाउने व्यवस्था भएता पनि हाल यो समस्याको रुपमा देखा परेकाले यसलाई कसरी एकिकरण गर्ने भन्ने विषयमा अधिकांस सहभागिले चासो देखाएका थिए । गोष्ठीमा सहभागि हातेमाले बहुउदेश्य सहकारी संस्थाकी व्यवस्थापक योजना शर्माले कार्यक्रमबाट नबुझेका नियम नयाँ कानुन नियमावलीका बारेमा जान्ने मौका भएको र यो कार्यक्रम अत्यन्तै महत्वपुर्ण भएको बताइन् । यो तालिम पश्चात सबै सहकारीमा नियम पुर्वक र सहि ढंगले अघि बढ्ने विश्वास व्यक्त गरिन् । त्यस्तै गोष्ठीमा सहभागि भोजपुरे सहकारीका अध्यक्ष केशव अधिकारीले सहकारीका मर्मलाई नबुझि सहकारी चलाएमा फसिने भन्दै यस्तो तालिम लिनै पर्ने र अहिले आएका प्रवधान अत्यन्त स्वागत योग्य भएको बताए । कार्यक्रम संयोजक बस्नेतले पहिलो चरणमा नगरका पुर्व क्षेत्रका सहकारी संस्थाका अध्यक्ष, उपाध्यक्ष, लेखा संयोजक तथा व्यवस्थापकलाई समेटेर करीव ९० जना लाई एकै ठाउमा भेला गरी कार्यक्रम गरिएको र दोस्रो चरणमा बाकीँ सहकारीलाई समेटेर कार्यक्रम गर्ने बताए ।

तपाईको प्रतिक्रिया