मोरगं । मातृशिशु सुरक्षालाई मध्यनजर गर्दै मोरगंको सुन्दरहरैचा नगरपालिका वडा नम्बर ३मा गर्भवती महिलाहरुलाई लक्षित गरी चिकित्शक परामर्श प्रदान गरेको छ ।

उपस्वास्थ्य चौकी दुलारीको आयोजनामा सुरक्षित मातृ कार्यक्रम सम्वन्धी सचेतना मुलुक अभिमुखीकरण तथा गर्भवती महिलालाई आयोडिन नुन वितरण कार्यक्रममा गर्भवती महिलाहरुलाई गर्भवती अवस्थामा समयसमय गर्नु पर्ने स्वास्थ्य परिक्षण लगायतको विषयमा चिकित्शकीय परामर्श सेवा प्रदान गरेको हो ।

गर्भवती भएको समयमा अपनाउनु पर्ने विधी , गर्भवती अवस्थामा गरिने नियमित चेकजाँच , खानपान लगायतका विषयमा चिकित्शकहरु मनोज पाठक र उदय श्रेष्ठले परामर्श दिएका थिए । वडाध्यक्ष जिवन ढुंगानाको अध्यक्षतामा भएको परामर्श कार्यक्रममा ४२ जना गर्भवती महिलाहरुलाई वडा कार्यालयले आयोडिनयुक्त नुन र यातायात खर्च उपलव्ध गराएको वडा सचिव रमेश भटट्राई ले जानकरी दिए । कार्यक्रममा स्वास्थ्य स्वास्थ्य चौकी व्यवस्थापन समितिका उपाध्यक्ष पुष्प ढकाल र समाजसेवी कल्पना घिमीरेले गर्भवती महिलाहरुका विषयमा बोलेको वडा सदस्य प्रविण पोखरेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया