इटहरी, लबिपुर र बसपार्क क्षेत्रमा सञ्चालन हुने होटलहरुमा हुने गरेको बेश्यावृत्तीको कारण इटहरीकै छवि नकारात्मक बनेको थियो । प्रहरीले उक्ट स्थानमा यस्तो व्यवसाय निर्मुल पारे पनि अहिले यो धन्दा फेरी शुरु हुन यदा कदा सुनिन थालेको छ ।

अहिले होटलमा नै यौनकर्मी नराखे पनि ग्राहक आएपछी बोलाइदिने गरेको स्रोतले बताएको छ ।

सामाजिक विकृतिविरुद्ध वडा नम्बर १६ र १७ को नागरिक समाजले संयुक्त रुपमा गरेको कार्यक्रममा पुगेका मेयर द्वारिकलाल चौधरीले सार्वजनिक रुपमा नै ..डि जिन्दावाद भनेका छन । उनले आफु बोल्ने बेलामा शुरु देखी अन्तिम सम्म ..डि जिन्दावाद भनेर आफ्नो भाषण अन्त्य गरेका थिए । उनका भाषन सुन्न बसेका महिला दिदिबहिनीहरु भने अफ्ट्यारो महशुस गर्दै टुलुटुलु हेर्न वाध्य थिए । के मेयर जस्तो जिम्मेवार पदमा बसेका व्यक्तिले यस्तो बोल्न मिल्छ ? किन बोले त् मेयरले यस्तो शब्द ?

घटना हो बुधवार बिहानको इटहरीमा भएको बेश्यावृत्तीको अन्त्य गर्न तथा दबाब दिन नागरिक समाजले लबिपुरमा कार्यक्रम गरेको थियो । उक्त कार्यक्रमा प्रमुख अतिथी थिए इटहरी नगरप्रमुख द्वारीकलाल चौधरी ।

प्रमुख अतिथी भएर कार्यक्रममा उपस्थित भएका चौधरीले महिलालाई अपमानित हुने खालको उत्तेजनात्मक शब्द प्रयोग गरेर विवादमा तानिएका छन ।

मेयर चौधरीले इटहरीमा भएको बेश्यावृत्तीको अन्त्य हुनु पर्ने बताउदै इटहरीमा बढी चलेको व्यवसाय …डि व्यवसाय नै रहेछ भन्ने आफुले बुझेको बताएका थिए । उनले यसै बिषयलाई मध्यानजर गर्दै मनोरञ्जन गर्न ..डि नै चाहिने रहेछ बताउदै जे गर्न पनि ..डि कै कारण ले चलेको बताएका थिए । उनले विभिन्न सञ्चार माध्यममा आफ्नो घरमा भएको होटलको नाम आएर आफ्नो बदनाम भएको भन्दै होटल हटाउन मेयरले आग्रह गरेका छन । ..डि को कारणले इटहरीका छोरीचेली लाई समेत बाहिरी दुनियाँले हेर्ने दृष्‍टिकोण फरक रहेको बताएका थिए ।

उनले होटल चलाऊने ले पनि मर्यादामा बसेर चलाऊनु पर्ने , घरभाडा लगाउनेले पनि मर्यादामा रहेर लगाउनु पर्ने बताएका थिए ।

तपाईको प्रतिक्रिया