इटहरी, नेपाल सरकारले संसदमा दर्ता गराएको नेपाल मिडिया काउन्सिल सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक फिर्ता लिन माग राख्दै नेपाल पत्रकार महासंघ सुनसरीले हस्ताक्षर अभियान सुरु गरेको छ ।

सरकारले ल्याउन लागेको विधेयकका कतिपय धाराहरुमा सुचनाको हकलाई कुण्ठीत गर्ने खाले भएको भन्दै मुलुकभरका पत्रकारहरु विधेयक फिर्ता लिन माग राख्दै आन्दोलनरत रहेको समयमा महासंघ सुनसरीले हस्ताक्षर संकलन गरि सरकारलाई पठाउन लागेको हो ।

विधेयक खारेजीको माग राख्दै पत्रकार महासंघ सुनसरीले संकलन गरेको हस्ताक्षर सुनसरीका प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई पठाउने अध्यक्ष अमर खड्काले जानकारी दिए ।

हस्ताक्षर संकलन अभियानमा विधेयकको खारेजीको माग गरिएको व्यानरमा महासंघका अध्यक्ष खड्का लगायतका पत्रकारहरुका साथै पत्रकार सम्वद्ध अन्य संघसंस्थामा आवद्ध संचारकर्मीहरुले हस्ताक्षर गरी इटहरीबाट हस्ताक्षर अभियान शुरु गरिएको हो ।

तपाईको प्रतिक्रिया