त्यो सागुरो गल्लि अनि गोरेटो
लक लक कापी रहेको हातगोडा
कहि ढुङ्गा त कहि माटोको डिस्को
सबैलाई छिचोलेर अघि बढी रहेको छ
एक महिलाको गन्तव्य हिन पाइलो

उसका ती फाटेका लुगा, फाटेका जुत्ता,
फाटेकै मनले साथ दिरहेका छ्न
लटा अनि जटा परेका कपाल
गाजल लगाउने आँखा बाट झरेका
आँसु दर्सा अनुहार भरी कालो मोसो र
घाउका पापर अनि मन भरी दर्त ।

उसको असली नाउ के हो ?
कसैलाई थाहा छैन
सबै अनबिग्य छ्न तर
उसलाई समाजले बोक्सी भनेर
दिएको नाम प्रती सबै बिग्य छ्न ।

गरिब छिन , एक्लि छिन कोहि छैन
उनको साथमा सबैले देखलान
उनको फाटेको लुगा , फाटेको जुत्ता
तर कसैले देख्दैन्न उसको फाटेको मन

जब पैसा कमाउने उदेश्यले बिदेशीएको
श्रीमान बाकस भित्र सदाको लागि निदाएर फर्के
नौ महिना भर्वमा राखेको छोरोले घर वाट निकालीदा
उनी एक्लि सहारा बिन भइन ।

तब ! त्यस गाउँमा एक आइमाईको छोरो
बिरामी पर्‍यो रे ! अनि ठुलादाइको गाइले दूध
दिएन रे ! त्यसैले समाजले उसलाई बोक्सीको
दर्जा दियो रे !

उनी उनको फाटेको जुत्ता जस्तै समाजलाई हेरेर
जब हास्छिन अनि त्यो ठूलो हासो पागल झै सुनिन्छ
तब उनलाई बोक्सी भनी कालो मोसो दलेर,
जुत्ताको माला लगएर, मलमुत्र खुवाएर, कुटपिट
गरि स-सम्मान गरि गाउँ निकाला गरिन्छ ।

ठुला ठुला स्वरमा महिला अधिकार र
मानव अधिकारका कुरा गरेको सुन्दा
उनी आफ्नो फाटेको मन हासोले टाल्न
खोज्छिन तर केही गर्न सक्दिनन उनी आफ्नो
फाटेको जुत्ता जस्तै एकाइसौ शताब्दीको समाजलाई

किन कि , कानुन किन्ने उनी संग पैसा छैन
सरकार सामु जाने उनी संग पावर छैन
लाग्छ ! मिडिया उनका लागि एउटा चराको नाम हो
उनी संग छ त केवल पीडा, भोक, प्यास अनि प्यारो निद्रा ।

उनका लागि मानव मात्रै नभएर
भगवान पनि स्वार्थी छ्न , भगवानको एक
मात्र यस्तो भक्त होला जो भगवान संग आफ्नो
मृत्यु मागी रहेकी छिन तर भगवानले उनलाई एउटा
मृत्यु पनि दिन सकिरहेको छैन त्यसैले उनको
एक मात्र चाहाना उनी आफै पूरा गर्न बाध्य हुन्छिन

अनि भेटिन्छिन उनी सुकेको रुखमा उसको शरीर
एउटा सलमा अढकेर झुन्डि रहेको अवस्थामा
अनि लाज पचाउदै त्यही अपहेलित समाजले
भन्ने गर्छ छि ! कस्ति नामर्दी रेछे बिचरिले आत्मा
हत्या गरिछे ।

अलि राम्रो संग हेर समाज त्यो आत्मा हत्या होइन
उनको फाटेको मनले भनी रहेको छ त्यो समाजले दिएको
हत्या हो ।।।

विवेक श्रेष्ठ, बेलबारी

तपाईको प्रतिक्रिया