भारतको राजस्थानस्थित एमबी अस्पतालमा चिकित्सकले २४ वर्षीय एक युवाको पेटबाट सर्जरी गरेर ५० वटा विभिन्न सामानहरु निकालेका छन् । ती सामानहरुमा चाबी, नेलकटर, सिक्का, औंठी, पिन तथा विभिन्न क्लिप आदि सामान रहेका छन् ।
सर्जरी गर्ने चिकित्सकले ती युवा लागूऔषध प्रयोगकर्ता भएको र उनले मदिराको प्रभावमा अचेत भई यी सब कुरा निलेको हुनसक्ने अनुमान गरेका छन् । युवा १५ दिन अगाडि अस्पतालमा भर्ना भएका थिए । उनले सुरुमा अस्पताल जाँदा पेट दुख्ने, वान्ता हुने समस्या भएको बताएका थिए ।
अस्पताल ल्याएलगत्तै उनको एक्सरे गरिएको थियो । पेटमा यी सबै कुरा देखेपछि उनको अपरेसन गरिएको हो । अपरेसन ९० मिनेटसम्म चलेको अस्पतालका चिकित्सकहरुले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया