कस्काे लागि आरक्षण के अारक्षण ब्राह्मणहरुले पनि पाएकै छैनन र ?
सलियाै देखि दलित काे नाम गरि खाेलियकाे आरक्षणमा किन ताण्डव आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन। पढ्ने आरक्षण। यो देशमा सबैले पढ्ने आरक्षण कहाँ पाए र ? ब्राह्मणहरुले वेद पढे। पुराण पढे। कर्मकाण्ड पढे र कर्मकाण्ड गरे। दलितहरुले वेद पढ्न खोज्दा जिब्रो काटियो स्कुल जादा बाहिर बसेर पढ्नु पर्थ्याे सयाै दलित हरुले बनायका र।सिलायका सबैथाेक चले पनि पानी मा काडेतार लगाईयाे बषाै देखि मानवता भन्दा पर रहि हेपाई र अछुत काे नाममा पीडा सहेर बस्नु पर्याे ।

सैयौँ वर्षको यही आरक्षणमा टेकेर ब्राह्मणहरु आज क्षमताको बहस गर्ने ठाउँमा आइपुगेका हुन। मान्नुस या नमान्नुस। गरीबीकै मारमा परेका ब्राह्मणहरुको पनि चेतना भने तत्कालीन समाजमा सबै भन्दा उन्नत बन्न पुग्यो। ब्राह्मणहरुले टुप्पी नै कसेर पढे पनि उनीहरुले आरक्षण व्यवस्था भित्रै बसेर पढेका हुन। राज्यको राजनितिक सामाजिक आर्थिक व्यवस्थाले दलित हरु लाई कुनै माैका दिईएन ,स्कुलमा पढ्न समेत राेक लगाईयाे स्कुल जादा बाहिर हलेसिमा बसेर अध्ययन गर्नु पर्ने। स्थिति निर्माण भयाे त्याे हेपाई र मानवता नभयका संग र अाफ्नाे हक अनुसार पढ्ने ब्यब्था नभयर पनि र उपल्लाे जातले मात्र पढ्न पनउनु पर्छ भन्ने मान्यताले गर्दा पनि शिक्षा तुलनात्मक रूपमा ब्राह्मण/क्षेत्री मैत्री बन्न पुग्यो। परिणाम स्वरूप अध्ययनको आधारमा प्राप्त गरिने राज्यका अंगहरुमा उनीहरुकै वर्चस्व हुन पुग्यो।
यस्तै प्रकारको आरक्षण क्षेत्री/ठकुरीहरुले पनि पाए। राज्य संञ्चालन गर्ने आरक्षण। सुरक्षा र सेना सञ्चालन गर्ने आरक्षण। कोही जन्मैले बहादुर हुने त होइन तर क्षेत्री/ठकुरीहरुलाई बहादुरीसँग जोडियो र अधिकांश क्षेत्री/ठकुरीले नाममै बहादुर लेख्ने परम्पराको विकास हुन पुग्यो। बहादुर लेख्ने परम्परा पछि दलित र जनजातीहरुमा पनि आयो तर राजनितिक संयन्त्रको आरक्षण दलितहरुमा पुग्न सकेन। आज क्षेत्री/ठकुरी समुदाय क्षमताको बहस गर्ने ठाउँमा एक्कासी आइपुगेका होइनन् । सैयौँ वर्षको आरक्षणले ल्याइपुर्याएको हो। परिणाम स्वरूप उनीहरुको राज्यमा पकड झन बलियो बन्न पुग्यो।यसको अर्थ यो होइन कि देशका हरेक ब्राह्मण क्षेत्रीहरुले राज्य सञ्चालन गरे ।कतिले प्रत्यक्ष लाभ पाए कतिले पाएनन तर समाजमा उनीहरुको चेतना उन्नत बन्न पुग्यो। हामीहरुले आफूले पाउँदै आएको आरक्षण देख्दै नदेख्ने तर आज भोलि उत्पिडित वर्ग समुदायले पाएको आरक्षण मात्र देख्दा बुझाई अपुर्ण हुन्छ।
आरक्षण प्रणालीमा अहिले विश्वका कैयौँ देशहरुमा समस्या देखिन थालेको छ। आरक्षण लक्षित वर्ग समुदायसम्म पुग्न सकेको छैन। उत्पिडित वर्गको आरक्षण उत्पिडित वर्ग भित्रका सामन्तहरुले पाइरहेका छन। यो समस्याले झन निराशा थपेको देखिन्छ। यसको समाधान आरक्षण हटाउनु होइन। आरक्षण लक्षित वर्ग,समुदायसम्म कसरी पुर्याउने भन्ने विषयमा नयाँ नीति ल्याउनु पर्ने हुन सक्छ। आरक्षण अनन्त कालसम्म हुन सक्दैन तर लक्षित जनतासम्म नपुग्दै आरक्षण व्यवस्था हटाउन खोज्नु प्रतिगमन हुन्छ। बरु आरक्षण गरीब एवं उत्पीडितसम्म कसरी पुर्याउने बहस गरौँ। त्यस पछि मात्र बन्छ सम्पुर्ण बराबरि यसाे भन्दै गर्दा मलाई यउटा कुरा काे याद अाउछ त्याे संबिधानमा लेखियकाे शब्द छुवाछुत मुक्त देश रे कहाँ मुक्त भयकाे छ सदियाै देखि मानव भयर पनि मानवता काे लामाे सास दलित ले फेर्न पायका छैनन । अनि निक्लिन्छ त समानता जब जब दलित हरु अाफ्नाे गक्ष्य अनुसार समानता खाेजि रहन्छन त्याे सबै राजनैतिक तवर बाट नै निमाेठिन्छ अनि उपल्लाे जातले अारक्षणकाे बिसयमा टाउकाे दुखाउन सान्द्रभिक देखियन अारक्षण भन्ना मानवताकाे सम्मान दियर दलित लाई ससमान्नन बाच्ने अधिकार देउ अारक्षण जस्लाई चाहियकाे उस्लाई देउ संगै बसेर पढ्ने वातावरण नपायकाे त्याे दलित लाई अारक्षण भन्दा अात्मा सम्मानकाे खाचाे छ

तपाईको प्रतिक्रिया