असार १३ जुन २८ को लागि रिलिज मिती तय गरिएको नेपाली कथानक चलचित्र “आप्पा” को अर्को स्याड भर्सन ‘सावने झरी,,,,; बोल को गीत रिलिज भएको छ । आज International Father Day परेको ले पनि आज रिलिज गरिएको फिल्म कि एक कलाकार तथा मिडिया कोर्डिनेटर रुची डेक्स्यङ ले जानकारी दिनु भयो । सो गीत MOUNTAIN STORIES ENTERTAINMENT को युटुब च्यानेल मार्फत औपचारिक रिलिज गरिएको हो । बिज्ञान बराइली को आवाज मा रहेको गीत लाई उमेश उपमा ले लेखेका छन भने फिल्म लेखक निर्देशक अनमोल गुरुङ ले संगीत भरेका छन । गीत म दयाहाङ राइ ले नायक सिद्दान्त राज को बाल्यबस्था को बारेमा देखाइएको छ । ३ मिनेट ४४ सेकेन्ड को गीत ले “आप्पा” फिल्म कस्तो भन्ने प्रस्ट देखएको छ । गीत हेर्दा लाग्छ , बाबा र छोरा को सम्बन्ध सँगै , सम्बन्ध रगत को मात्रा हैन , भावनात्मक सम्बन्ध ले पनि मानिस को जीवन मा ठुलो मान्यता राख्छ । लेखक ,निर्देशक अनमोल गुरुङ ले एक सोझो ड्राइवर को कथा जस्तो लाग्ने फिल्म मा अहिले का स्कुले बिद्यार्थी को एक अर्का प्रतिको आकर्शण , टीनएज को माया प्रेम अनी बिछोड को कुरा लाई लिएर माया प्रेम को कुरा लाई पनि उन्ने बुन्ने काम गरेका छन । सिक्किम , कालेम्पोङ, दार्जिलिङ र ईलाम को सन्दक्पुर आस पास मा छायाँकन गरिएको फिल्म लाई रुदेन सदा लेप्चा ले निर्माण गरेका हुन । फिल्म मा दयाहाङ् राइ सँगै , सिद्धन्त राज तमाङ अल्लोना काबो लेप्चा,तुलसी घिमिरे , अरुणा कार्की , लगायत को अभिनय रहेको छ । चर्चित पार्स्व गायक थुप्देन भुटिया ,मेलिना राइ , एस डि योगी , अनमोल गुरुङ लगायत को आवाज रहेको फिल्म मा संगीत अनमोल गुरुङ र एस डि योगी को रहेको छ ।

तपाईको प्रतिक्रिया