अहिले नेपाली चलचित्र बजार मा मात्रा हैन हरेकको सामाजिक सन्जाल मा पनि एउटा निर्माणधिन चलचित्र को खुबै चर्चा छ । चलचित्र को औपचारिक रुपमा निर्माण घोषणा गर्न बाँकी भए पनि यस चलचित्र सम्बन्धी सम्पूर्ण कुरा हरु बाहिरी सकेकोछ । रिलिज मिती घोषणा सँगै चलचित्रको निर्माण बारे जानकारी दिदै आएको सबैलाई सर्वबिदित नै छ । नेपाली चलचित्र क्षेत्रमा केही नयाँ र फरक गरु भन्ने जोश का साथ अगाडि बढेको एक युवा सन्तोष सेन यस क्षेत्र मा आए देखी केहीन केही नयाँ गरिरहेका छन ।  तेही नयाँ र फरक गर्ने क्रम मा सफल चलचित्र प्रेम गीत को सिक्वेल अर्थात प्रेम गीत -३ मा पनि जोशिएर लागेको छ आसुसेन फिल्म्स । यस फिल्म निर्माण को क्रम सँगै चर्चा सुरु भएको छ । चलचित्र को नायिका खोजी अभियान होस या नायक इन्ट्री ,। यस फिल्मका लागि नायिका (गीत) खोज्ने क्रम मा लगभग ३ हजार सुन्दरी युवती हरु ले आवेदन दिएको कुरा झन कम चर्चाको बिषय भएन । हाल तिनै ३ हजार प्रतिस्पर्धी बाट ,२५ जना हुँदै एक जना छान्ने क्रम छ । अब कुरा गरुम यस फिल्म का लागि मुख्य अभिनेता को , फिल्म मा नायक को रुपमा सबैले सहजै अनुमान लगायका थिए नायक प्रदिप खडका लाई , तर भर्खरै सर्वजनिक पोस्टर मा भने मुख्य लिड रोल मा भनेर मनिष राउत लाई इन्ट्री गराइएकोछ । यो पोस्टर सार्वजनिक सँगै मनिष लाई बधाई दिने र संचार माध्यम हरुले चर्चा गर्न सुरु गरिसकेको छन । उता प्रदिप खडका क फ्यान र शुभचिन्तक हरुले सामाजिक सन्जाल मा आक्रोस पोखिरहेका छन । यस्का निर्माता तथा निर्देशक सेन स्वयम लिड रोल मा भन्न् पछी नपरिरहेको देखिन्छ । के साच्चै मनिष लाई लिड रोल भनेर सार्वजनिक गरेर प्रदिप खडका को स्टर्डम लाई छाया पर्ने षड्यन्त्र हो ??? फिल्म मा प्रदिप को बारे मा तेती धेरै चर्चा नहुनु र मनिष लिड रोल मा हुन भनेर प्रचार गरिनी ले पनि आम दर्शक र शुभचिन्तक मा संका जागाएकै हो । उक्त कुरामा प्रदिप का फ्यान हरुलाई आस्वासित पार्दै निर्माता निर्देशक सेन भन्छन , प्रदिप को झन बबाल पोस्टर आउछ , प्रदिप नै मुख्य पात्र हुन । हुन त, हिरो को रोल अन्तिम मा आउछ भनिन्छ , तर यहाँ प्रदिप लाई जुन लुक्स मा देखाइनु पर्ने हो त्यो रुपमा पहिले देख्न नपाउदा फ्यन र दर्शक हरु निरास र आक्रोसित समेत देखिन्छ । सधैं फरक र नयाँ गर्न रुचाउने सेन ले यस् पटक पनि केही नयाँ र फरक ल्याउने कोशीस गरिरहेको कुरा नकार्न सकिन्न । स्क्रिप्ट र छायाँकन स्थल सम्पूर्ण काम सकियको ले प्रेम गीत -३ मा प्रदिप नै मुख्य भूमिका (प्रेम) मा रहने सेन को जिकिर छ । प्रदिप र मनिष दाजु भाई र महानायक राजेश हमाल बुवाको भूमिका रहने पक्का भैसकेको लेखक निर्देशक छेतेन गुरुङ ले जानकारी दिनु भयो । चैत्र २८ लाई रिलीज डेट लक गरेको फिल्म मा महानायक राजेश हमाल ,प्रदिप खडका , मनिष राउत र सन्तोष सेन फाइनल भईसकेका छ । चलचित्र को छायाँकन भने दसैं पछाडि बाट हुने बाताइएको छ । सेन प्रेम गीत – ३ मा पनि भिलेन को भूमिका मा देखा पर्दैछन ।

तपाईको प्रतिक्रिया