सुनसरी / इलाका प्रहरी कार्यालय इटहरीले हराएका तथा चोरी भएका ३५वटा मोबाइल सेट सम्बन्धित धनिलाई बुझाएको छ। शनिबार कार्यालयमा सम्बन्धित मोवाईल धनिहरुलाई मोवाईल बुझाइएको हो।
इलाका प्रहरी कार्यालय इटहरीमा सिडिआर सेल स्थापना गरेपछि हराएका तथा चोरी भएका मोबाइल सेट फेला पार्ने क्रम बढेको प्रहरी नायव उपरिक्षक९डिएसपी० समिरचन्द्र खरेलले जानकारी दिनुभयो । प्रहरीले हालसम्म करिब ३५ लाख रुपैँया बराबरका मोवाईल सेट सम्बन्धित मोवाईल धनीलाई हस्तान्तरण गरिसकेको प्रहरी निरिक्षक बुद्वि चौँलागाँइले बताउनुभयो।
लामो समयदेखि हराएको मोबाइल प्रहरीले फेला पारेर हस्तान्तरण गरेपछि आँफुलाई खुसि लागेको भन्दै मोवाईल धनि बद्रि धितालले अब समाजमा मोवाईल हरायो अथवा चोरी भयो भने प्रहरीमा खवर गर्दा पाउन सकिने भन्दै चोरीमा कमी आउने बताउनुभयो। यसैबीच मोबाइल चोरीमासंलग्नलाई प्रहरीले फौजदारी संहिता अनुसार कारबाही अघि बढाएको छ। प्रहरीले मोवाईल चोरीमा संलग्न इटहरीका रोजन शंखर र धरान ८ बस्ने १८बर्षीय राजेश खड्का क्षत्रीलाई मुद्धा चलाइएको छ। शंखरलाई इलाका प्रहरी कार्यलय इटहरीले र खड्कालाई इलाका प्रहरी कार्यलय बेलबारीले मुद्धा चलाएको छ ।

तपाईको प्रतिक्रिया