बिराटनगर, परिवर्तनका लागि हातेमालाे सामाजिक संस्थाकाे ७५ औ हप्ताकाे सरसफाई अभियान शनिबार पुस्पलालचाैक मा बृहत् रुपमा सरसफाई तथा वृक्षा राेपन गरि समाप्त भएको छ ।

पुस्पलालचाैक बासि र युवा व्यापरि बुद्दिजिवि समाज सेवि हरुकाे सहयाेगमा ३६ वटा बिरुवाहरु राेपेर हराभरा पुस्पलालचाैक बनाउनका लागि लागेका अभियानका एक स्थानिय युवा संताेष अधिकारी ले जानकारि दिए ।

सम्पुर्ण समाजसेवि लगायत हातेमालाेकाे सहकार्यमा चाैक वरीपरी दमकल लगाई पानी छिटेर साथै रिङकाे गमला बनाई तिनै पटि राखेर मेयर काे हातबाट बृक्षा राेपन बृहत् उपस्थितिका साथ कार्यक्रम गरिएको थियो ।

स्थानिय समाज सेवि गाेपि रेग्मीले सबै मिलि यसरी नै अाफ्नाे ठाँउकाे लागि केही गर्ने हाे भने चाडैने समाज काे रुप फेरिने बताएका थिए । संस्थाका एक सदस्य सराेज काेईरालाले विगत ७४ हप्तादेखि बिराटनगर लाई केन्द्रबिन्दु बनाई विभिन्न खाले जनचेतनाकुलक कार्यकरम गर्दै आएको याे संस्थाले यसरिनै समाज मा रहनु भएका आम जनमानसलाई सहज र सरल बनाउने चाहाना रहेको बताएका छन ।

परिवर्तनका लागि हातेमालाे काे कार्य एकदम उदारणिय र सफल रहेकाे र मैले युवा समाजसेवि हरुलाई नजिक बाट नियालेकाे छु अाउने दिनमा यस्ता खाले अभियानका लागि नगरपालिकाले केही गर्ने मेयर भिम पराजुलिले बताए ।

संस्थालाई देश व्यापि रुपमा अगाडि बढाउने हातेमालाेका अध्यक्ष बिनाेद परियारले जानकारि गराउनु भयाे । हातेमालाेले अाजैकाे दिन डिभिजन वन कार्यलय पत्रकार चाैक मा वातावरण सम्बन्धि भित्ते चित्र पनि बनायकाे छ ।

तपाईको प्रतिक्रिया