काठमाडौं । देशका पूर्व तथा पश्चिमी भू–भागमा वर्षाको सम्भावना छ । आइतबार पूर्वी तथा पश्चिमि भू–भागमा सामान्य बदली रह िमध्य भूभागमा आंशिक बदलीको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी तथा पश्चिमि भू–भागका केही स्थानमा र मध्य भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना छ।

यस्तै राति, देशको पूर्वी भू–भागमा सामान्य बदली रही मध्य तथा पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। पूर्वी तथा मध्य भू–भागका थोरै स्थानमा र पश्चिमी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया