इटहरी । नेपाल मै पहिलो पटक सुनसरीको इटहरीमा सञ्चालनमा रहेको सिबि सगरमाथा कलेजले जापानिज भाषा र स्पोर्टस साइनसको प्लस टु कक्षा सञ्चालनमा ल्याएको छ । मानबिकि संकाय अन्र्तगत पछिल्लो समय माग बढि रहको जापनिज भाषाको कक्षा शिक्षा मन्त्रालय तथा राष्ट्रिय परिक्षा बोर्ड पाठ्यक्रम अन्र्तगत कक्षा सञ्चालनमा ल्याएको हो ।
भाषा तालिम केन्द्रहरुमा तालिमको रुपले मात्र सञ्चालन हुदै आएको जापनिज कक्षा अब सिबि कलेजले एसईइ परिक्षा उतिर्ण पछि कलेज स्तरमै पठनपाठन गर्न पाउने छन् । नेपालमा मात्रै नभएर बैदेशिक शिक्षा तचथा रोजगारिमा जादा पनि सहजिकरण होस भन्ने उद्धेश्यले पहिलो पटक कक्षा सञ्चालन गरिएको कलेजका प्रिन्सिपल सागर भट्राईले बताए ।
राम्रो दक्ष जनशक्तिको माध्यमबाट पाठयक्रम अनुसार कक्षा सञ्चालन हुने भएको कारण एैच्छिको रुपमा जुन सुकै संकायका बिद्यार्थीले जापनिज भाषा, स्पार्टस साईन्स, डान्स र सगिंतको कक्षा पढ्न पाउने छन् । बिदार्थीको मनोबिञानलाई बुझेर कक्षा सञ्चालन हुने भएको कारण बिद्यार्थीलाई जब प्लेसमेन्टको पनि सुबिधा रहेको प्रिन्सिपल भट्राईले बताए । हाल सिबिमा साईन्स, व्यवस्थापन, होटल म्यानेजमेन्ट, कम्प्युटर साईन्स, ट्राभल एण्ड टुरिजम लगायतका कक्षा पनि सञ्चालनमा रहेका छन् ।

तपाईको प्रतिक्रिया