नविन पाण्डे 

इटहरी/ केहि समय इटहरी उपमहानगरपालीकाका मेयर द्धारिकलाल चौधरीको बिषयले चर्चा पायो । त्यो भन्दा पनि अगाडी देखि चर्चामा रहेको उद्योग वाणिज्य संघ इटहरीको चर्चा चुनाव नजिकीदै जादा झन बढेर गएको छ । उम्मेदवारहरु व्यवसायीकोमा भोट माग्न जाने कुरामा व्यस्त छन् भने व्यापारिहरुको भने आफ्नो सोचाई, आफ्नो मुल्यांकन र व्यापारिको हितमा काम गर्ने लाई छनोट गर्ने योजनामा छन् । चर्चा चिया पसल देखि भट् िसम्म छ । चुनावी मैदानमा दुई पक्षको समुहमा बिभाजन भएर चुनाव लडदैछन् व्यापारिका नेताहरु । व्यापारि दुई भागमा बिभाजन भए पनि केहि त्यस्ता उम्मेदवार छन् जसले सबै व्यापारिको मन जितेका छन् यहा केहि उदाहरण प्रस्तुत छन् ।
दिवस पोख्रेल
यो नाम नसुन्ने कमै होलान । इटहरी बजारमा उद्योग वाणिज्य संघको चुनावको बिषयमा चर्चा भई रहदा दिवस पोखे्रलको पनि चर्चा निकै छ । पोखे्रलको चर्चा चुनावमा मात्र हैन उनले गरेका सामाजिक कामको कारण सधै चर्चामा रहने गर्छन । पोख्रेल व्यापारि मात्र नभएर सामाजिक काममा पनि उतिकै योगदान दिने व्यत्तित्व हो । व्यापारिको समस्या होस वा गैर     व्यापारिको उनि समसयाको समाधानका लागी अगाडी आउने व्यत्ति हुन । लामो समय देखि इटहरीमा मोरंग छापाखाना सञ्चालन गर्दै आएका पोख्रेल उद्योग सदस्यको उम्मेदवार बनेका छन् ।उनले पहिले पनि महासचिव भएर जिम्मेवारि पुरा गरेका छन् भने इटहरीको नाईट भिजन सिसि क्यामेरा जडानको संयोजक भएर काम गरेका छन् । उनी सबै व्यापारिले रुचाएका उम्मेदवार हुन् । मिलनशार स्वभावका दिवस पाख्रेल नेपाली सेना र समुदाय बिच सहकार्यमा सञ्चालन भएको सामुदायीक सर्पदंश उपचार केन्द्रको अध्यक्ष भएर काम गरिरहेका छन् । उनको स्वभाव लगनशिलता र मेहनतले गर्दा सबै व्यापारिले मन पराएका हुन् ।
जिवन पराजुली
पर्यटन क्षेत्रको बिकासमा योगदान दिने नाम हो जिवन पराजुली । बि.स २०३१ साल असार २२ गते पिता लेखानाथ पराजुली र माता यामकुमारी पराजुलीको कोखबाट जन्म भई बि.स २०५८ सालबाट इटहरीलाई कर्मथलो बनाएर काम गर्दै आएका व्यवसायी पराजुलीले आफ्नो जिवन कालमा ट्राभल्सबाट व्यवसाय सुरु गरेका थिए भने २०५९ सालमा पहिरन बुटिक नामक व्यवसाय गरेका थिए । उनले समस्या चुनौति र अवसरलाई पहिचान गर्दै २०६२ साल देखि होटल व्यवसायमा लागेका थिए । तिरुपति होटलबाट होटल व्यवसायमा लागेका पराजुली पर्यटन क्षेत्रको बिकासको लागी काम गर्नु पर्ने त्यसले देशको बिकासमा टेवा पुग्ने कुरामा बिश्वास गर्छन । हाल होटल व्यवसायी संघ इटहरीको अध्यक्षको पद सम्हालि रहेका पराजुली लाईन्स कल्ब अफ इटहरी सिटि १९को अध्यक्ष, २०१३ जेसिज अध्यक्ष लगायत सगिंत चौक व्यवस्थापन अध्यक्षको जिम्मेवारि सम्हालि सकेका छन् । हाल संगित चौकमा होटल इन टुरिस्ट सञ्चालन गरेका पराजुली व्यवसायीले मन पराएका उम्मेदवार हुन् ।

 फडिन्द्र मगर
इटहरीमा सञ्चालनमा रहेको अम्बे बचत तथा ऋण सहकारी सायद सबैले चिनेजानेको सहकारी हो । युवाहरुको प्रतिनिधित्व गर्ने गरि उदाहरण बनेका छन् अम्बेका अध्यक्ष फडिन्द्र मगर । बजारमा मगरलाई पनि नचिन्ने कमै छन् । मगर ओखलढुंगाबाट इटहरी आएर अम्बेको सुरुवात गरेको छोटो समयमा व्यापारि तथा सेवाग्राहिले मन पराएको सहकारी बनाउन सफल बनेका छन् । सहकारीबाट धेरै व्यापारिलाई व्यापार गर्न चाहिने ऋण प्रदान गरेका छन् भने सहज रुपले रोजगारीलाई बढाएका छन् । हसिला, इमान्दार, मेहेनती मगरको यो पटक उद्योग वाणिज्य संघमा उम्मेदवार बनेका छन् । उनको उम्मेदवारीले युवाको प्रतिनिधित्व गरेको छ भने । चुनाव जित्ने बिश्वास मगरले गरेका छन् र सबैले माया गर्ने कुरामा बिश्वास रहेको बताउछन् । उनि पनि धेरै सामाजिक काममा योगदान दिने ब्यक्ति हुन् । २०७२ सालको महा भुकम्पबाट पिडित भएकाहरुलाई उनले नेतृत्व गर्दै राहातको लागी दिनरात खटेका थिए । कुनै सामाजिक काम गर्नु परे उनले गर्न सक्ने सहयोग गर्ने गरेका छन् । धेरै मिलनसार र लगनशिल भएका कारण उनिज व्यापारिले मन पराएका उम्मेदवार हुन ।

      खगेन्द्र बिमली
बिस्तारै व्यापारिको मन जित्दै गएका उम्मेदवार हुन खगेन्द्र बिमली । पाथिभरा मार्केटिंग नामक व्यावसाय सञ्चालन गर्दै आएका बिमली पिता स्व.ओम कृष्ण बिमली र माता कान्तादेवि बिमलीको कोखबाट बि.स २०३३ साल पौष महिना २८ गते झापामा जन्म भई बि.स २०६६ साल देखि इटहरीलाई कर्मथलो बनाएर काम गर्दै आएका छन् । उनले इटहरी बितरक संघमा कोषाध्यक्ष, लायन्स कल्ब इटहरी ग्रिन सिटिको पिआरओ, नेपाल कस्मेटिक तथा मनोहरी संघमा सल्लाहकारको पमा आफ्नो जिम्मेवारि पुरा गर्दै आएका छन् । मिजाशिल, आत्मीय स्वभावको कारण आजभोली बिमली व्यापारिको मन जित्न सफल बन्दै गएका छन् ।
   उमेश दाहाल ( उमाकान्त दाहाल )
पुर्वाञ्चल गेष्ट हाउस सञ्चालन गर्दै आएका उमेश दाहाल पनि एक व्यापारिले मन पराएका उम्मेदवार हुन । पिता स्व. तेजनाथ दाहाल र माता तारादेवि दाहालको कोखबाट बि.स २०३२ साल पौष महिना ११ गते तेह्रथुमको पौठाक गाउमा जन्म भई २०५७ साल बाट इृटहरीलाई कर्मथलो बनाई सुबिधा गेष्ट हाउस नामक व्यवसायबाट आफ्नो व्यवसायीक यात्रा सुरु गरेका दाहालले २०६० सालमा दाहाल गेष्ट हाउस र हाल पुर्वाञ्चल गेष्ट हाउस सञ्चालन गर्दै आएका छन् । इटहरीमा व्यवसायको राम्रै छाप बनाएका दाहाल हाल बिभिन्न सामाजिक संघसस्थामा आवद्ध रहेका छन् । उनि होटल व्यवसायी संघ इटहरीका महासचिव रहेका छन् भने लायन्स कल्ब अफ इटहरी ग्रिनसिटिको सचिव समेत रहेका छन् । उनले इटहरीमा सञ्चालन हुने बिभिन्न सामाजिक काममा योगदान दिदै आएका छन् ।
  भोला निरौला 
उदयपुर जिल्लाको लेख गाउमा बि.स २०२१ असार २० गते जन्म भई २०५१ सालबाट इटहरमिा व्यवसाय सुरु गरेका भोला निरौला पनि व्यापारिले मन पराएको व्यापारि हुन् । हाल हार्डवेयर प्लाई तथा सेनेटरी व्यवसायी संघको अध्यक्षको जिम्मेवारी निर्वाह गरिरहेका निरौला हार्डवेयर व्यवसायीको समस्यालाई समाधान गर्न यस अधि कुनै व्यवसायीले पहल नगरेको भन्दै आफै यस पटक उम्मेदवारी दिएको बताउछन् । हार्डवेयर व्यवसायीको समस्या अन्य व्यवसायीको तुलनात्मक हिसावले धेरै भएको कारण आफ्नो उम्मेदवारीले सबैको समस्या समाधान गर्ने बिश्वास लिएका । उनले धेरै सामाजिक कामहरुमा आफ्नो योगदान दिएका छन् । उनि पनि व्यापारिबाट रुचाईएका उम्मेदवार रहेका छन् ।

तपाईको प्रतिक्रिया