इटहरी / भोली (शनिबार) दुहवी धरान प्रसारण केन्द्रमा बिद्यूत आपुर्ति बन्द हुने भएको छ। नेपाल बिद्युत प्राधिकरण धरान बितरण केन्द्रले सुचना जारी गर्दै यस्तो जानकारी गराएको हो।

शनिबार बिहान ८बजे देखि बेलुका ५ बजेसम्म दुहवी धरान खण्डको ३३केभि धरान फिडरको कन्डक्टर बदल्नुपर्ने भएकोले धरान बितरण केन्द्र अन्तर्गतका सेवा केन्द्रहरु र इटहरी वितरण केन्द्रको ११ केभि तरहरा फिडर तथा ओशो चोक, ट्रान्सपोर्ट चोक क्षेत्रहरुको बितरण लाईनबाट बिद्यूत आपुर्ति भएको सेवा क्षेत्रमा बिद्यूत आपुर्ति अवरुद्ध हुने धरान प्रसारण केन्द्रले जनाएको छ।

हेर्नुहोस सुचना :

तपाईको प्रतिक्रिया