रबिन्द्र बराल

रंगेली ।  तराईमा गर्मि माैसम संगै बिषालु सर्प हरुकाे बिगबिगी बड्न थालेको छ । तराई क्षेत्रमा फागुन महिना देखि असाेज महिना सम्म अत्यधिक गर्मि हुने माैसम मानिन्छ । गर्मि र जाडाे हुनु स्वाभाविक कुरा हाे तर आठ महिनाकाे अवधिमा भने तराई क्षेत्रमा देखा पर्ने बिषालु सर्प हरु बडि देखिने भएको ले रंगेली अस्पतालमा सर्पको टाेकाईबाट उपचारका लागि बिरामीको समेत चाप बढेको छ । तराई क्षेत्रमा बडि देखा पर्ने बिषालु सर्पहरुमा गाेमन सर्प , करेत सर्प ,ढाेडिया सर्प , गन्गुहारी सर्प अत्यधिक मात्रामा घर वरिपरि , खेतावारी हरुमा देखा पर्ने थालेका छन । सर्वसाधारण हरु खेत बारीमा काम गर्न जाँदा , राति काे समयमा बाटाे तथा घर आगंनमा हिडडुल गरिरहेकाे अवस्था मानिस हरुलाई घुडा देखि मुनि र खेतबारीमा काम गरिरहेका बेलामा हात तथा खुट्टामा सर्प हरुले टाेक्ने गर्दे छ । रंगेली मा रहेको जिल्ला अस्पतालमा दैनिकी ४ देखि ८ जना सर्प ले टाेकेकाे बिरामी हरु आउने गरेका छन । बैशाख महिना देखि जेठ महिना सम्म महिला १५ जना पुरुष १८ जना र बालबालिका ८ जना लाई सर्प ले टाेकेर उपचार गराएका थिए । रंंगेली अस्पतालमा रंगेली नगरपालिका ,सुनवर्षि नगरपालिका ,रतुवा माई नगरपालिका र धनपाल गाउँ पालिका र भारतीय सिमाबर्ति क्षेत्र का सर्वसाधारण हरु उपाचार गराउन अाउने गरेका छन । अस्पताल का हेल्थ असिस्टेसन बिनाेद कुमार सिंह का अनुसार बिषालु सर्पले टाेकेकाे अवस्थामा सबैभन्दा पहिले मानिस लाई सर्पले टाेकेकाे ठाउँ काे पहिचान गरि त्यस ठाउँमा नरम र हलुका तरिकाबाट बाध्नु पर्ने हुन्छ । तर मानिस हरुले अध्याधिक मात्रामा बाधेर ल्याउने गर्ने गरेकाे र सर्पले टाेकेकाे ठाउँमा धारीलाे हत्या ले काटेर ल्याने गरेकाे उनले वताए । यदि त्यहि ठाउँमा सर्पले टाेकेकाे भए त्यहीँबाट सर्पकाे बीस सानाे भन्दा सानाे नलिबाट सर्पकाे बीस मानिसकाे शरीर भित्र गएर अझ सर्पले टाेकेका बिरामी हरुलाई जटिल समस्य आउने उनकाे सिंह ले बताए । सर्पले टाेके पछि मानिस हरुकाे मुटुको धड्कन बडेर जानू र अातिन नहुन सुझाव दिएका छन । बिषालु सर्पले टाेके पछि स्नायु प्रणाली ,मांसपेशी रक्त संन्चारमा सबैभन्दा पहिले असर पर्ने गरेको र सर्पले टाेके पछि मानिस हरु धेरै आतिएर डराउने गरेमा मुटुको धड्कन बडेर उनिहरुकाे मृत्युु हुने गरेको बताए । नेपाल सरकारले सर्पको टाेकाई निशुलक रुपमा भ्याक्सिन दिइने गरेकाेे छ । सर्पले टाेकेकाे सय जना मान्छे मध्ये १ जनालाई मात्रै भ्याक्सिन काे आवस्यक्ता पर्ने गरेकाे उनलेे बताए । अस्पतालमाआए पछि डर कम हुदै जाने र उक्त सर्पले टाेकेकाे ब्यक्ति लाई औषधी आवस्यक्ता पर्ने समेत बताए । २५ बर्ष देखि ७० बर्ष सम्मकाे पुरुष तथा महिला हरुलाई सर्पले टाेक्ने रंगेली अस्पतालकाे तथ्यांक रहेको छ ।

तपाईको प्रतिक्रिया