रंगेली । बिगत केही दिनदेखी तराईमा गर्मी बढेसँगै जनजीवन प्रभावित भएको छ ।
 चर्को घामका कारण मानिसहरु घर बाहिर निस्कन समेत सकेका छैनन् । ब्यपारी तथा सर्वसाधारण हरुलाई   दैनिकी  अावत जावत गर्न समेत समस्या परेको देखिन्छ ।  अकस्मात बढेको गर्मी का कारण बिधालय मा समेत  बालबालिका  हरुलाई अध्यन गर्ने निकै समस्य परेको छ । भने   बृद्ध ,तथा ज्याला मजदुरी गर्ने मानिस हरु लाई अझै समस्या हुन थालेकाेे छ ।
बुधबार देखि सुरु भएको  चर्को घामसँगै गर्मीको कारण निकै गाह्रो भएको छ । एक साता अगाडि पछिल्ला  पानी   परेर केही राहत भएता पनि   अचानक बढेको गर्मीका कारण धेरै बालबालिका हरु लाई  समस्या भएको छ । गर्मी बढेसँगै स्थानीय बिद्यालयहरुमा समेत पठनपाठन प्रभावित भएको छ ।  गर्मीका कारण बिद्यालय मा    बिधार्थि हरु काे उपस्थित समेत कम हुने गरेको पाईएकाे छ ।
चर्को घामका कारण बिद्यालयका भवन तात्ने र टिनका छानाे अझै बडि तात्ने  गरेका ले
कारण पनि बिद्यार्थी पनि बिद्यालयका कक्षाकोठा भन्दा रुखकाे   छाहारीमा हातमा काटुन तथा किताब कापी लिएर हम्किरहेकाे देखिन्छ ।  वजारमा अाईसक्रिम, वरफ,पानी काे बिक्री समेत बढेको ब्यपारी हरु बाताउछन ।
अचानक बढेको गर्मीका कारण सबैभन्दा बढी बाटो हिड्ने बटुवा तथा सडकमा बसेर व्यपारी गर्ने हरुलाई समस्य परेको छ । ब्यपार गर्नका लागि उनी हरुले एक हातमा छाता बाेकेका हुन्छन भने अर्को हातमा पानीको बाेतल देखिन सकिन्छ । गर्मीका कारण रंगेली अस्पतालमा झाडापखाला  का बिरामी हरु समेत बडने गरेका छन ।

तपाईको प्रतिक्रिया