इटहरी । निजि तथा आवसिय बिद्यालय अर्गनाईजेशन नेपाल सुनसरीको आयोजना तथा बिजय कोईरालाको स्मृतिमा जिल्ला भरिका ८ क्षेत्रका करिब २४ जना बिद्यार्थीहरु बिच जिल्ला स्तरिय अन्तर बिद्यालय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । बिद्यार्थीहरुको प्रतिभालाई अझ राम्रो बनाउने उद्धेश्य सहित आयोजना भएको उक्त प्रतियोगितामा सयौंको संख्यामा बिद्यार्थीको सहभागीता रहेको थियो ।
इनरुवा इंगलिस बोर्डींग स्कुलका सञ्चालक रहेका विजय कोईरालाको सम्झनामा यसै बर्ष स्थापना भएको रनिंग कप अन्र्तगत चित्रकला प्रतियोगिता सञ्चालन भएको हो । कोईरालालाई तत्कालीन द्धन्द्धकालमा नेपाली सेनाद्धारा हत्या गरिएको थियो । प्यापसन सुनसरीका अध्यक्ष तथा विजयका भाई बिष्णु कोईरालाले स्थापना गरेको यो रनिंग सिल्डमा करिब ३५ हजार बराबरको चादि जडान गरिएको अध्यक्ष कोईरालाले बताए ।
चित्रकला प्रतियोगिताले बिद्यार्थीहरुको पठनपाठन संगै अतिरिक्त क्रियाकलापमा पनि सहयोग मिल्ने आयोजकले बताएको छ । प्रतियोगितामा प्रथम, दोश्रो ,तेश्रो तथा चौथो हुनेलाई मेडल तथा ट्रफी बितरण गरिएको थियो । प्रतियोगितामा सिद्धार्थ मेमोरियल सेकेण्डेरी स्कुलका हेमन्त शर्मा पहिलो भएका थिए भने दोश्रो, तेश्रो र चौथो क्रमश प्रदिप परियार, इमाशु लिम्बु र राशि लिम्बु हुन सफल भएका थिए । कार्यक्रममा केन्द्रिय प्यापसनका सल्लाहकार शंकर थापाको प्रमुख आतिथ्यता रहेको थियो भने सुमित थापा, कबिन्द्र मण्डल, जिब गुरुगाई लगायतको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया