•  मदन अधिकारी 

भोजपुर / भोजपुरको आम्चोक गाउपालिका स्थित महुलि लघुवित्त वितिय वितिय संस्थाले आफ्नो छैठौ वार्षिक उत्तसव आफ्ना सदस्यहरु समक्ष मनाएको छ । समृद्ध नेपाल सूखि नेपाली नेपाल सरकारको मुल नारालाइ साकार बनाउने यश शाखाको मुल उदेश्य रहेकाले यश शाखाको मुख्य भगवान आफ्ना सदस्य भएको बताउदै सदस्यको गुनासो सुन्ने गरि यश संस्थाको छैठो स्थापना दिवसको अवसरमा यसै गाउपालिकाका बिभिन्ना प्रतिस्ठित व्यक्ति हरु समक्ष अन्तर्कृया कार्यक्रम आयोजना गरेको थियो । उक्त अन्तरकृया कार्यक्रममा संस्थाको राम्रो पक्षको खुलेर प्रशंसा गरेका थिए भने आफ्नो जिग्यासा समेत राखेका थिए । सदस्यको जिज्ञासा मेट्न महुलि लघुवित्त वितिय संस्थाका शाखा प्रवन्धक टोकनाथ न्यौपानेले सदस्यको मनमा उब्जिएको प्रश्नको जवाफ दिदै यश स्थानमा आगामि दिनमा थप सेवा सुविदा प्रदान गर्ने बताएका छन् । संस्थाको सेवा सुविधा बढाउने र लघुवित्त प्रति सदस्यको नकारात्मक भ्रम मेट्न यस लघुबित्तले लघुवित्त साक्षरता कार्यक्रम समेत सन्चालन गर्ने यसै शाखाका शाखा प्रवन्धक न्यौपानेले बताएका छन् । जब सदस्य मजबुत बन्नुहुन्छ तब मात्र हामिले केही यश स्थानमा गरेको अनुभुत हुने भन्दै सदस्यको हितका निमित्त आफु र आफ्नो संस्था हमेशा लागिरहने बताएका छन् । यता शाखा प्रवन्धकको सदस्य प्रतिको सकारात्मक भनाइले यश स्थानका समाजसेवीहरु समेत खुसि भएका छन् । भने यसै शाखामा बेलुका दिप प्रज्वलन समेत गरिएको थीयो। उक्त कार्यक्रममा यसै शाखाका कर्मचारी इन्द्रावति राइले शाखालाइ अझ मजबुत बनाउदै शाखाको हितका लागि आफु निरन्तर लाग्ने बताएकि छन् ।

तपाईको प्रतिक्रिया