इटहरी, उद्योग बाणिज्य संघ इटहरीको चुनावको मिति नजिकिदैं गर्दा जेष्ठको गर्मी सँगसगै चुनावी माहोल पनि तातिदै आएको छ । अघिल्ला चुनावमा झैं यस वर्ष पनि बिशेषत राजनीति आस्थाका आधारमा दुई प्यानलबिच चुनावी संघर्ष हुने देखीएको छ । एक पक्षको नेतृत्व इटहरीका व्यापारी ,उद्योगी तथा समाज सेवी भिम पौडेलले गरेका छन भने अर्को पक्षको नेतृत्व उद्योग बाणिज्य संघ इटहरीका हालका बरिष्ठ उपाध्यक्ष युवा व्यवशायी शैलेस बिष्टले गरेका छन । उद्योग बाणिज्य संघको निर्वाचनको कारण यतीबेला इटहरीमा चार जना महिला व्यवसायी तथा उद्यमीको नाम चर्चामा छ । भिम पौडेल नेत्तुत्वको प्यानलमा महिला तर्फको उमेरदार गायत्री भण्डारी (कटुवाल) र शोभा कोइराला (सविना) रहेका छन भने शैलेष बिष्टले नेत्तुत्व गरेको समुहमा रन्जु सिग्देल (चम्लागाइ)र पुनम थापा मगर चर्चामा रहेका छन ।

गायत्री भण्डारी (कटवाल)

गायत्री भण्डारी इटहरी उपमहानगरपालिका मा रहेर लामो समय देखी व्यवसायीक क्षेत्रमा सक्रिय छिन । उनी इटहरीमा रहेको जिफोर कलेक्सनको प्रोपाइटर हुन । साथै उनी इटहरी लेडि जेसिज कि पुर्व कार्यकारिणी उपाध्यक्ष, इटहरी उधोग वाणिज्य संघकी पुर्व सदस्य , र रेडिमेट कपडा तथा जुत्ता चप्पल संघकी अध्यक्ष भएर इटहरीका विभिन्न सामाजिक संघसस्थामा आबद्द छिन । अहिले भिम पौडेल नेत्तुत्वको प्यानलमा गायत्री भण्डारी (कटुवाल) महिला तर्फको उमेरदार बनेपछी उनको चर्चा बजारमा हुन थालेको छ ।

शोभा कोइराला ( सविना )

शोभा कोइराला इटहरी उपमहानगरपालिका क्षेत्रमा रहेर विगत लामो समयदेखी व्यवसायीक क्षेत्र सँगै सामाजीक क्षेत्रमा सक्रिय छिन । । उनी काव्य ट्रेडर्स इटहरीकी प्रोपाइटर हुन । साथै एक्टिभ नारी प्रकाशन समुहमा आबद्द छिन । उनी नेपाल रेडक्रस सोसाईटिकी आजीवन सदस्य । रोटरी क्लब अफ इटहरीकी जस्ता दर्जनौ सामाजिक सस्थामा आबद्द छिन । उनी पनी भिम पौडेल नेत्तुत्वको प्यानलमा महिला तर्फको उमेरदार बनेपछी उनको पनी चर्चा हुन थालेको छ ।

रञ्जु सिग्देल

रञ्जु सिग्देलको नाम यतीखेर इटहरीमा चर्चामा छ । शैलेष बिष्टले नेत्तुत्व गरेको समुहमा महिला सदस्यको उमेदद्धार बन्ने भएपछी उनको चर्चा सुरु भएको हो । उनी उद्योग बाणिज्य संघ इटहरीको वर्तमान समितीमा समेत रहेकी छन । सिग्देल सिग्मा सप्लायर्स को प्रोपाइटर हुन ।उनी व्यवसाय सँगै सामाजीक काममा उजी उत्तीकै सक्रिय छिन ।

पुनम थापा मगर

अर्को चर्चामा आएको नाम हो पुनम थापा मगर । उनीले इटहरीमा रहेर विगत लामो समयदेखी होटल व्यवसाय संचाँलन गर्दै आएकी छन । उनी पनी शैलेष बिष्टले नेत्तुत्व गरेको समुहमा महिला सदस्यको उमेदद्धार बन्ने भएपछी उनको पनी चर्चा सुरु भएको छ ।

तपाईको प्रतिक्रिया