इटहरी । नेपाली काँग्रेसको राष्ट्रिय जागरण अभियान पाटीका नेता कार्यकर्ताहरुका लागि मात्र नभएर दुई तिहाईको सरकारले गरिरहेको जन विरोधी कामहरुको उज्जागर गर्न पनि आयोजना गरिएको पाटीका नेता महेश आचार्यले वताए ।

इटहरीमा नेपाल प्रेस युनियन सुनसरीले आयोजना गरेको संवाद कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथी आचार्यले जागरण अभियान पाटीका नेता कार्यकर्ता केन्द्रीत मात्र नभएर सरकारले गर्दै आएको जन विरोधी कामहरु पनि उज्जागरका लागि पनि भएको वताएका हुन ।

किसानका लागि अत्यावश्यक मलखाद खेतीको समयमा उपलव्ध गराउन नसकिरहेको सरकारले ल्याएको बजेट प्रभावकारी रुपमा कार्यान्वयन हुनेमा शंका गर्ने ठाउँ भएको पुर्व अर्थ मन्त्री आचार्यको भनाइ रहेको थियो । व्यापार घाटा बढीरहेको समयमा बैदेशिक ऋण लिएर पुजीगत रुपमा खर्च गर्न नसक्दा जोखिम बढ्ने अवस्था आउने आचार्यले आशंका गरे ।

कार्यक्रममा प्रदेस नम्वर १ प्रदेससभाका विपक्षी दलका नेता राजिव कोइराला , प्रेस युनियनका संस्थापक सदस्य हर्ष सुब्बा , युनियनका सुनसरी अध्यक्ष धनबहादुर पुरीले बोलेका थिए ।

तपाईको प्रतिक्रिया