विराटनगर, नेपाली कांग्रेसका वरिष्ठ नेता एवम् पूर्व उपप्रधानमंत्री रामचन्द्र पौडेलले अहिलेको सरकारको सबैभन्दा गलत कार्य नै पक्षपातपूर्ण व्यवहार भईरहेको बेला करारमा कर्मचारीहरु नियुक्ती गर्न दिन नहुने बताउनु भएको छ ।

आज विराटनगरमा संचारकर्मीहरु संग कुरा गर्दै वरिष्ठ नेता पौडेलले लोकसेवा आयोगले गर्न लागेको कर्मचारी भर्ना प्रक्रिया अदालतमा पुगेकोले सबैले अदालतको निर्णय मान्नु पर्ने बताउनु भयो । उहाँले निष्पक्ष र स्वतन्त्र ढंगले कर्मचारी छनोट गर्ने प्रक्रिया लोकसेवा आयोगले गर्न पाउनु पर्ने बताउनु भयो । उहाँले राज्य व्यवस्था तथा सुशासन समितिले दिएको करारमा नियुक्ति गर्न दिनुपर्ने निर्णय गलत भएको बताउनु भयो ।

तपाईको प्रतिक्रिया