विर्तामोड, प्रदेश नं १ मा यती खेर डेगुको बिरामीको सख्यां बढे सगै सरकारलाई यो रोग रोक्न हम्मे हम्मे परेको छ । सफा पानीमा मात्रा बस्ने यो डेंगु सुन्दा अचम्म लाग्छ । एक स्वास्थ्यकर्मीको अनुसार यो एक प्रकारअको लामखुट्टे हो जुन शहरीया ठाउमा सफा ठाउमा पाईन्छ ।

धरान उपमहानगरपालिकामा शुरुमा देखिएको यो बिराम उक्त नगरलाई अहिले यो रोगले पिरोली रहेको छ । सुनसरी जिल्लाको धरान इटहरी हुँदै मोरङ जिल्लाको विराट्नगर, सुन्दरहरैचा, केराबारी, पथरी हुँदै झापा जिल्लाको दमकमा सेमत यो रोगको विराम देखिएको छ ।

सक्रमण देखिएका दमकका २ जनाको उपक्षर दमक अस्पातलमा भईरहेको नगरपालिका स्वास्थ्य शाखा प्रमुख ईन्द्र प्रशाद अर्यालले बताए ।

प्रदेश नं १ का विभिन्न स्थानमा डेगु रोगका बिरामी भेटिन थालेपछी स्थानिय तहहरुले यो रोग रोकथाममा अग्रसरता देखाएका छन । उनिहरुले यो रोग लाग्ने लाभ्राको बास स्थान खोजी गर्ने कार्य गरी नष्ट गर्ने कार्य समेत गर्दै अैरहेका छन ।

तपाईको प्रतिक्रिया