विराटनगर, डेंगुको संक्रमण देखापरेपछि विराटनगर महानगरपालिकाले औषधी छर्न सुरु गरेको छ । विराटनगर महानगरपालिका वडा नम्बर १ मा एक जना पुरुष र वडा नम्बर ३ मा एक जना महिलामा डेंगुको संक्रमण देखिएपछि महानगरपालिकाले सतर्कता अपनाएको मेयर भीम पराजुलीले बताए ।

महानगरपालिकाले डेंगु नियन्त्रणका लागि मालाथिन फगी स्प्रे गर्न सुरुगरेको उनले जानकारी दिए । महानगरपालिकाले एक दिनमा ४ वटा वार्डमा औषधी छर्नेगरी काम सुरु गरेको महानगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख लजिता योञ्जनले जानकारी दिईन् । तर प्राविधिक अभाव र २ वटा मेसिन विग्रीएको, २ वटा मेसिन डेंगु प्रभावित इटहरी धरानमा पठाएका कारण एक दिनमा ४ वटा वार्डमा मात्रै औषधी छर्नेकाम भइरहेको स्वास्थ्य शाखा प्रमुख योञ्जनले बताइन् ।

महानगरपालिकाले कटहरी गाउ“पालिकाबाट समेत २ वटा मेसिन ल्याउर औषधी छरिरहेको उनले बताइन् । साथै डेंगुको लार्भा पहिचान र नष्ट गर्न महानगरपालिकाले विज्ञहरुको २ वटा टोली बनाएर मंगलबारदेखि नै खटाएको छ । टोलीले विराटनगरको बसपार्क, सरौचिया लगायतका क्षेत्रमा क्षेत्रमा डेंगुको लार्भा भेट्टाएको र नष्ट गरिएको योञ्जनले जानकारी दिइन् ।

सफा पानीमा भेटिने डेंगुको लार्भालाइ पानीमै मोटरसाइकलमा प्रयोग भइसकेको मोविल र मट्टीतेल हालेर नष्ट गरिएको उनले बताइन् । डेंगु संक्रमित २ जनाको नोबेल अस्पताल र विराट नर्सिङ होममा उपचार भैरहेको छ ।

पछील्लो समय प्रदेश नं १ मा डेगुका बिरामीको संख्या दिनप्रतिदिन बढ्दै गईरहेको छ । धरानबाट शुरु देखा परेको यो बिराम अहिले सुनसरी, मोरङ र झापाका अधिकांश जिल्लाहरुमा देखा पर्न थालएको छ । यसलाई रोकथाप गर्न प्रदेश सरकारअले धरानलाई प्रकोप शेत्र सेमत घोषणा गरिसकेको छ भने अन्य स्थानिय तहलाई सेमत सजक हुन आग्रह गर्को छ ।

तपाईको प्रतिक्रिया