बेलबारी, मोरङको बेलबारी नगरपालिका वडा नं. १ मा एक व्यक्ति अचेत अवस्थामा फेला परेका छन् ।
आज बिहीबार बिहान सात बजेको समयमा बेलबारी १ नक्सलबारी स्थित राधाकृष्ण टोलको नजिकै चौरमा नाम थर नखुलेका एक व्यक्ति फेला परेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । अन्दाजी ६०/६५ को देखिने पुरुष मानिस अचेत अवस्थामा फेला पारी इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले उद्धार गरेको थियो ।
उद्धार पश्चात् उनको बेलबारी स्थित नोबेल सामुदायिक मेडिकलमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया