इटहरी, उधोग वाणिज्य संघ इटहरीको नयाँ कार्यसमिती चयनको लागि चुनावी मिती नजिकिदै गर्दा संघको नयाँ नेतृत्वमा को आउछ भन्ने कुरा सर्वत्र चर्चामा रहेको छ ।

इटहरी उधोग वाणिज्य संघको नयाँ नेतृत्व चयन यही असार १४ गते हुँदैछ । संघको अध्यक्षको लागि नेपाली काङ्रेसको तर्फबाट भिम पौडेल र नेकपा बाट शैलेश विष्टले उम्मेदवारी दिएका छन । यी दुई व्यक्ती नै नयाँ नेतृत्वको लागि अब्बल साबित भएका छन । तर यी दुई व्यक्ती मध्ये नेतृत्वमा को आउछ भन्ने कुरा इटहरीका व्यवसायी मतदाताहरुले असार १४ गते फाइनल गर्दैछन ।

मत आफु तिर केन्द्रित गर्न दुई उम्मेदवारीहरुनै यती खेर व्यवसायीहरुको घर दैलोमा गएर आफुले जिते यो गर्छु त्यो गर्छु भन्दै भावी योजना सुनाउदै मतदाताहरुलाई आफु तिर केन्दित गर्न तल्लिन छन ।

अधिकांश मतदाताहरुले यो चोटि व्यवसायीहरुको समस्या समाधान गर्ने , दु:ख पर्दा सबै किसिमको सहयोग गर्न सक्ने नेतृत्व छान्न तयार रहेको देखिन्छन ।

भिम पैडेलले आफ्ना उम्मेद्वरी घोषणा गरि सकेका छन हने शैलेश विष्टले भोलि आफ्नो औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्दैछन ।

स्थानिय  तहको झल्को दिने निर्वाचन भएर पनि होला यी दुई उम्मेदवारले आफ्ना महत्वाकांक्षी योजनाहरु मतदाताको सामुन्ने लगी आफुलाई भोट मागिरहेका छन ।

तपाईको प्रतिक्रिया