रामधुनी स् पुर्वमा रगतको अभाव भइरहेको बेला रामधुनी नगरपालिकाको मुख्य बजारको रुपमा रहेको झुम्कामा रक्तदान कार्यक्रम शुत्रबार हुने भएको छ । १५ औं विश्ब रक्तदान दिवसमो अवसरमा खबर पाऊँ सस्थाले कार्यक्रमको आयोजना गर्न लागेको हो ।

पुर्वका धरान, बिराटनगर, इटहरीका अस्पतालमा दैनिक एक सय पिन्ट सम्म रगतको माग भइरहेको छ । यस्तो बेला कार्यक्रमबाट संकलित रगतले मानिसको जीवन बचाउन सकिने भन्दै नगरवासीमा कार्यक्रममा सहभागी भइदिन खबर पाऊँका अध्यक्ष अजित श्रेष्ठले बिभिन्न संघ सस्था, व्यापारी र स्थानीयलाइ अनुरोध समेत गरेका छन् ।

खबर पाऊँ गत वर्षहरुमा पनि रक्तदान कार्यक्रम गर्दै आइरहेको  छ । रगत अभावकै कारण कसैको पनि ज्यान नजाओस भन्दै गत वर्ष ७५ पिन्ट रगत संकलन गरेको थियो ।

तपाईको प्रतिक्रिया