इटहरी । केही हप्ता अगाडि देखि सुनसरीको धरान लगायतका ठाउँका मानिसहरुमा डेगुंको संक्रमण फैलिरहेको तर्फ मध्यनजर गर्दै नेपाल तरुण दल सुनसरीले लामखुट्टेका लागि किटनासक औषधी छर्ने अभियान थालेको छ ।

जिल्लाका धरान तथा इटहरीका केही वडाका मानिसहरुमा डेगुंबाट संक्रमित भएर उपचार गराई रहेको तथा डेंगु नियन्त्रणमा आउन नसकिरहेको समयमा नेपाल तरुण दल सुनसरीले इटहरीबाट लामखुट्टे तथा लार्भा नष्ट गर्न किटनासक औषधी छर्ने अभियान थालेको हो ।

डेंगुको भाइरस संक्रमित एडिस एजिप्टाइ जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा डेंगुको संक्रमण हुने तथा लामखुट्टेका लागि किटनासक औषधी सरोकारवाला निकायहरुले छर्ने काम नगरिरहेको तर्फ मध्यनजर गर्दै तरुण दलले किटनासक औषधी छर्ने अभियान शुरु गरेको तरुण दल सुनसरीका सभापति सिजन गुरुगंले जानकारी दिए । उनले मानिसहरु संक्रमित भई रहेका इटहरी , धरानका साथै डेंगुको जोखिममा रहेका जिल्लाका अन्य ठाउँहरुमा समेत औषधी छर्ने वताए । धरानमा डेंगु संक्रमितहरुको संख्या दिनप्रतिदिन बढी रहेको छ भने गर्मी बढेसंगै पुर्वी तराईमा लामखुट्टेको विगविगी हुने गरेको छ ।

तपाईको प्रतिक्रिया