इटहरी, इटहरी उधोग वाणिज्य संघको चुनाव नजिकिदै गर्दा यता संघका उम्मेदवारीहरु पनि आफ्नो कस्र्य गर्ने भिजन सहित मतदाताको घरदैलोमा पुग्ने कार्यलाई द्रुत गतिमा अघि बढेको छ । उधोग वाणिज्य संघको चुनावलाई धेरै जसोले स्थानिय तहको निर्वाचनलाई समेत झझल्को दिने गरेको बताउछन । इटहरीका केही व्यापारीले भिम पौडेलले जित्ने र केही व्यापारीहरुले शैलेश विष्टले जित्न सक्ने सम्भावना रहेको बताउछन तर अहिले नै कस्ले जित्ने भन्ने यकिन गर्न सकिने अवस्था भने छैन । भिम पौडेलले नेपाली काङ्ग्रेस को तर्फबाट उम्मेदवारी दिएका हुन भने शैलेश विष्टले नेकपाबाट उम्मेदवारी दिएका छन ।

भिम पैडेल नेतृत्वको यस्तो छ चुनाव जिते १० संकल्प :-

व्यवसायी मैत्री कार्य सम्पादन

अध्यक्ष वा पदाधिकारी मध्ये एक जना दैनिक ४ घण्टा कार्यलयमा रहि व्यवसायीको समस्या समाधानमा सहजीकरण गर्ने ।

रु ५ लाखको नि:शुल्क विमा

इटहरीका व्यवसायीहरुको रु ५ लाख सम्मको नि:शुल्क विमा गर्ने व्यवस्था गर्ने ।

प्रदशनी स्थल र औधोगिक क्षेत्र

इटहरीमा एउटा व्यवस्थित प्रदशनी स्थल र औधोगिक क्षेत्रको स्थापना गर्न विशेष पहल गर्ने ।

विज्ञ परामर्शदाताको व्यवस्था

विज्ञ परामर्श दाताको व्यवस्था गरि इटहरीका सबै व्यवसायीहरुका लागि लेखा, कर कानुनी कुरामा निशुल्क परामर्श दाताको व्यवस्था गर्ने ।

कर तथा घरवहाल

इटहरी, प्रफेश नं १ को अत्याधिक व्यवसायीक कर लिने स्थानिय तहमा पर्दछ । व्यवसायीक कर व्यवहारिक बनाउन र घरवहालको विषयमा एन निर्माण गर्न पहल गर्ने ।

जब फेयर/ट्रेड फेयर

रोजगारी अभिवृद्धिको लागि हरेक वर्ष जब फेयर ( रोजगार मेला ) गर्ने । र उधोग/व्यापार वृद्धि विकसको लाही ट्रेड फेयर गर्ने ।

महिला उधमशिलता विकास

महिला उधमीहरुको लागि महिला उधमशिलता कार्यक्रमहरु नियमित रुपमा सञ्चालन गर्ने ।

पर्यटन र शहरी सौन्दर्यीकरण

असारल्ल तार , अस्तव्यस्त सडक पेटी र दुर्गन्धित नालीलाई व्यवस्थापना गरी इटहरीलाई सुन्दर पर्यटकिय शहर बनाउन सरोकारवाला सग शाहअकार्य गर्ने , व्यवस्थित शौचालय बनाउने ।

सडक विस्तारमा समन्वय

निर्माण कम्पनी र सरकार सग समन्वय गरी भात्काउन थालेको ६ महिना भित्र मुख्य बजार भित्रको सडक निर्माण सम्पन्न गराउन पहल गर्ने ।

तालिम तथा भ्रमण

उधमशिलता बिकास सम्बन्धी तालिमहरुको आयोजना गर्ने । व्यवसायिक ज्ञान आदान प्रदान गर्न देश विदेशमा भ्रमणको व्यवस्था गर्ने ।

तपाईको प्रतिक्रिया