इटहरी । भारतीय टेलिभिज च्यानल जी टिभीको सांगितीक रियालिटी सो सारेगमपा लिटल च्याम्प्समा तेस्रो भएर फर्किएका प्रितम आचार्यलाई उनी अध्ययनरत इटहरीमा रहेको विश्व आदर्श माध्यमिक विद्यालयले सम्मान गरेको छ ।

सारेगमापा लिटल च्याम्प्सका सेकेण्ड रनरअफ आचार्य सहित पोखरामा आयोजित रियालिटी सोमा नृत्य विद्या तर्फ प्रथम भएकी सेविका कोइरालालाई समेत विद्यालयले सम्मान गरेको हो ।

विद्यालयको कक्षा ७मा अध्ययनरत आचार्य र कक्षा ९मा अध्ययनरत कोइरालाको प्रतिभाको कदर गर्दै विद्यालयले उनीहरुलाई सम्मान गरेको जनाएको छ । सम्मान कार्यक्रममा विद्यालयका अध्यक्ष लेखनाथ घिमीरे र प्राचार्य गणेश दुलालले सम्मान पत्र सहित सम्मान गरेका हुन । कार्यक्रममा संगित साधन प्रतिष्ठानका उपाध्यक्ष राजु केसी लगायतको सहभागिता रहेको थियो । यस अघि सारेगमापा लिटल च्याम्प्सका सेकेण्ड रनरअफ आचार्यलाई इटहरी उपमहानगरपालिकाले यस अघि नै बाल सद्भावना दुत घोषणा गरिसकेको छ ।

तपाईको प्रतिक्रिया