इटहरी । उपभोक्ताहरु नठगिउन तथा गुणस्तरहिन सामाग्रीहरु विक्री वितरण नहोस भनेर इटहरी उपमहानगरपालिकाले मासिक रुपमा बजार अनुगमन गर्ने गरेको उपप्रमुख लक्ष्मी गौतमले वताइन ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय इनरुवाले आयोजना गरेको उपभोक्ता भेला तथा प्रचार कार्यक्रममा बोल्दै उपप्रमुख गौतमले मौषमी रुपमा मात्र अनुगमन नगरेर मासिक रुपमा गर्दै आएको तथा उपभोक्ताको हित विपरित भएको गरेको पाइएमा अनलाइन उजुरीको व्यवस्था गरेको वताएकी हुन । उपमहानगरपालिका क्षेत्रमा उपभोक्ताहरुसंग जोडिने गुनासा र उजुरीहरु भएर उपभोक्ता हित शाखामा अनलाइनबाट उजुरी गर्ने व्यवस्था मिलाइएको उनले जानकारी समेत दिइन ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय इनरुवाका प्रमुख विक्रम लिम्वुले उपभोक्ताहरु नै सचेत हुन नसकिरहेको कारण गुणस्तहिन तथा म्याद सकिएका उपभोग्यवस्तुहरु प्रयोग गरिरहेको पाइने गरेको वताए । उनले सामान खरिद गर्दा आफुले किनेको सामान कहिले बनेको कहिले सम्म प्रयोग गर्न उपयुक्त रहेको तथा के के को समिश्र रहेको छ जस्ता विषयहरु हेरर मात्र किन्ने , यस्ता विवरणहरु नखुलाइएका सामाग्रीहरु नकिन्ने गरेपनि धेरै गुणस्तर र म्यादका विषयमा जानकारी हासिल हुने जानकारी दिए । सरोकारवालाहरुको भेलामा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय इनरुवाका प्रमुख लिम्वु तथा खाद्य अनुसन्धान अधिकृत पुष्पराज राईले सहजिकरण सहित कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा होटल व्यवसायी , उपभोक्ता , सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया