इटहरी, रोजगारी उत्पादनको लक्ष्य राखी युवाहरूको एउटा समूहले नेपाल छिराएको इनर्जी ड्रिङ्क ‘रेड ब्लु’विरुद्ध पीपी खेतानको कम्पनीद्वारा भित्राइएको टिसी फर्मास्युटिकल उद्योग कम्पनीकोे ‘रेड बुल’ले दुश्प्रचार थालेको छ ।

‘रेड बुल’ले रेड ब्लुलाई एउटै लोगो भयो भन्दै अदालतमा मुद्दा दायर गरेको थियो । हालिएको उक्त मुद्दामा रेड बुलले हारे पछी गलत मनसायले प्रतिबन्द गरेको भन्ने हल्ला फिजाएको रेड ब्लुले ठहर गरेको छ ।

तर रेड ब्लु नेपालमा प्रतिबन्द नभएको समेत कम्पनिले दाबी गरेको छ । कम्पनिले रेड बुललाई प्रतिबन्द गरेर देखाउन समेत चुनौती दिएको छ ।

जबकि, युवाहरूको रिलायबल नेपाल एक्स्पोर्ट इम्पोर्ट प्रालिले भित्राउँदै आएको रेड ब्लुलाई उद्योग विभागको चलानी नम्बर २०४ नम्बरको पत्र मार्फत २७ जेठमा जारी गर्दै रेड ब्लुको लोगोसँग मात्र सम्बन्धित रहेको उल्लेख गरेको छ । रिलायबल नेपाल एक्स्पोर्ट इम्पोर्टका सञ्चालक अशोक साह भन्छन्,‘लोगो उस्तै भयो भन्ने थियो, हामीले फरक लोगो भएको इनर्जी ड्रिङ्क भित्राउन थालेका छौं ।’

त्यसो त व्यापारिक प्रभावका आधारमा रिलायबल कम्पनीमाथि खेतानको कम्पनीले विभिन्न सरकारी निकायमार्फत पहिला पनि अंकुश लगाएर बजारमा एकाधिकार जमाउने प्रयत्न नगरेको होइन । कतिपय कानुनी झमेला पनि दिएको थियो ।

‘उद्योग विभाग तथा भन्सार कार्यालयलाई पनि प्रभावमा पारी हाम्रो काममा सकस गराइएको थियो । तर, हामी न्यायका लागि अदालत पुग्यौं, जहाँबाट हाम्रो सामान नरोक्नका लागि उच्च अदालतले अन्तरिम आदेश नै दिएको थियो’, रिलायबलका सञ्चालकले भने ।

उच्च अदालत पाटनले रिलायबलले हालेको मुद्दाको पक्षमा १६ वैशाखमा फैसला सुनाएको थियो । त्यसपछि रिलायबलका लागि रेड ब्लु बजारमा विक्रि वितरण गर्न कुनै कानुनी अड्चन लगाउन नसकेपछि रेड बुलले प्रायोजित रूपमा दुश्प्रचारको हतियार समातेको हो ।

तपाईको प्रतिक्रिया