सुन्दरहरैचा, सुन्दरदुलारी उधोग वाणिज्य संघको आयोजनामा बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान कार्यक्रममा सुन्दरहरैचा नगरपालिकाका विभिन्न संघ सस्थाको समेत उपस्थिती रहेको थियो ।

प्रदेश नं १ मा डेंगुका विरामीको संख्या बढे सगै रगतको अभाव कम गर्न उक्त रक्तदान कार्यक्रम गरिएको उधोग वाणिज्य संघ सुन्दरदुलारीका महा सचिव तथा ३ नं वडाध्यक्ष ढुंगानाले बताए ।

उधोग वाणिज्यले निरन्तर व्यापारिक हकहितको समेत कार्यक्रम गर्दै आइरहेको छ भने बेला बेलामा रगतको अभाव कम गर्ने उद्देश्यले रक्तदान कार्यक्रम समेत आयोजना गर्दै आइरहेको छ ।

आज गरिएको रक्तदान कार्यक्रममा ५९ प्रीन्ट रगत संकलन गरिएको जसमा महिला १३ पुरुष ४६ जना रहेको आयोजकले बताएको छ ।

तपाईको प्रतिक्रिया