इटहरी / इट असार दोस्रो साता हुन लागेको इटहरी उधोग बाणिज्य संघको निर्वाचनमा भिम पौडेलको पक्ष र शैलेशकुमार बिष्टको पक्ष गरी दुइ वटा प्यानल बनाएर यी दुइ वटै पक्षको उम्मेदवारहरु चुनाबि मैदानमा उत्रिएका छन् ।
भिम पौडेल पक्षका सदस्य पदका उमेद्वारका लागी उठेका उमेद्वारहरु मध्य इटहरीका चर्चित व्यवसायी तथा समाजसेवी बिष्णु रिजाल पनि एक हुन् । उधोग बाणिज्य संघ इटहरीको उमेद्वार बनेका बिष्णु रिजालका पुर्खा देखिनै इटहरीमा व्यबसाय गदै आउनु भएको छ । बहुआयामिक व्यत्तित्व बिष्णु रिजालको सरस्वति पाटि प्यालेस, रिजाल भिजन पाटि प्यालेस, ट्रफ स्पोर्टस वार, फुटसल लगाएतका बिभिन्न व्यबसाय सञ्चालनमा रहेका छन् । जनता माबि इटहरी बाट माबि स्तरको शिक्षा लिएका रिजालले ४८ सालमा ललिता राइस आएल एण्ड स-मिल नामक मिल सञ्चालन गरेका थिए । आफु पनि व्यबसायी भएको र अन्य व्यवसायको पीरमर्का बुभ्ने भएकाले आफुले इटहरी उधोग बाणिज्य संघको उमेद्वारी दिएको रिजाल बताउछन् ।
व्यबसाय क्षेत्रमा मात्र नभइ उनि समाज सेवामा पनि उत्तिकै अग्रसर छन् । नि सहाय वालवालिका सेवा आश्रममा पनि रिजालले धेरै सहयोग गरेका छन् । त्यसोत जिवन बिज्ञानको भवन निर्माण कार्य समितिको अध्यक्ष समेत रहेका रिजाल संघ संस्थाको काम भनेपछि आफ्नो काप पनि छोडेर लागी पर्ने गर्दछन् । रिजाल एक न. प्रदेश ज्योतिस संघ नेपालको सल्लाहकारको रुपमा रहि कार्य गर्दै आइरहेका छन् । यता बिभिन्न संघ सस्थामा आवद्ध भएर आफुले रमाजसेवा गरीरहेको पनि उनि बताउछन् । साथै इटहरीमा पहिलो पाटि प्यालेसको सञ्चालन आफुले नै गरेको रिजाल बताउछन् । अचानोको पिडा अचानोले नै बुभ्ने भएकाले आफुले उधोग बाणीज्य संघ इटहरीमा सदस्यमा भएपनि उमेद्वारी दिएको उनले जिकिर गरेका छन् । व्यवसायीका लागि सदैव अग्रसर रहने रिजाल बताउछन् ।

तपाईको प्रतिक्रिया