सुदरहरैचा, प्रदेश नं १ का अधिकांश जिल्लाका विभिन्न स्थानिय तहमा डेंगुका बिरामी बढे सगै सुन्दरहरैचा नगरपालिकाले डेंगु रोग नियन्त्रण गर्न जनचेतना जगाउदै स्थानियको घर घरमा दमकलले स्प्रे गर्ने कार्यलाई अघि बढाएको छ ।

सुन्दरहरैचा नगरपालिकाका नगरप्रमुख शिव प्रसाद ढकालको नेतृत्वमा, प्रमुख प्रशासकिय अधिकृत गणेश दाहाल, स्वास्थ्य शाखाका प्रमुख, साथै स्वंयमसेवकहरुको सकृयतामा आज नगरको पुर्वी सिमाना खोर्साने देखि पश्चिम सिमाना बलिया सम्मका डेंगु प्रभावित स्थानमा मट्टितेल हालेर डेंगु नियन्त्रण गर्ने प्रयास गरेको छ ।

हाल सम्म सुन्दरहरैचा नगरपालिकामा ३ जनालाई समेत डेंगुको किटाणु भेटिएको नगरपालिका स्रोतले बताएको छ ।

हाल रहेको संख्यालाई बड्न नदिन र डेंगुको समस्या नगरबाट हटाउन नगरले प्रत्येक डेंगु प्रभावित स्थानहरुमा निरन्तर स्प्रे गरिराख्ने र स्थानियले माग गरे बमोजिमको स्थानहरुमा समेत स्प्रे गरिने नगरप्रमुख शिव प्रसाद ढकालले बताएका छन ।

नगरले आफू सग भएको स्रोत दमकललाई प्रयोग गरि द्रुत गतिमा डेंगु नियन्त्रण गर्ने कार्य गरिरहेको र नगरवासिहरु समेतले आफै चनाखो भई जमुवा पानी नराख्न र आफ्नो घर अगाडि आफै सफा गरेर यस कार्यलाई सहयोग गर्न अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया