इटहरी । वडा क्षेत्रको बजेट विनियोज गर्दा कुन ठाउँमा कुन कामलाई प्राथमिकतामा राख्ने भन्ने विषयमा केन्द्रीत भएर मोरगंको सुन्दरहरैचा वडा नम्वर ३ ले बजेट तथा योजना तर्जुमा छलफल गरेको छ ।

वडा कार्यालयले आयोजना गरेको वडा भेलामा सहभागीहरुले आफनो ठाउँमा गरिनु पर्ने विकास निर्माणका साथै सशुसासनका लागि बजेट विनियोजन गरिनु पर्ने सुझाव दिए ।

भेलामा राजनैतिक दल तथा विभिन्न संघसंस्थामा आवद्ध वडावासीहरुले समेत सुझाव दिएका थिए । वडा नम्बर ३ ले सामाजिक विकासमा २० प्रतिशत खर्च गर्ने गरि सिलीगं बजेट एक करोड ३१ लाख कहाँकहाँ कुनकुन काममा खर्च गर्ने भन्ने विषयमा वडावासीहरुसंग सुझाव मागेको हो । वडावासीको माग र आवश्यकताका आधरमा प्राथमिकीकरण गर्दै कार्य गर्ने योजना सहित आमन्त्रण गरिएको भेलामा नेकपा प्रतिनिधि अजम्बर राई नेपाली काग्रेसका मदन रिजाल स्थानीय सावित्रा शिवाकोटा लगायतले बजेट तर्जुमाका विषयमा सुझाव दिएका थिए । वडावासीहरुको मागका आधारमा प्राथमिकीरण गर्दै काम गर्दै जाने योजना बनाइएको वडाध्यक्ष जिवन ढुंगानाले जानकारी गराए । बजेट योजना तथा तर्जुमा प्राथमिकीरण भेलामा उल्लेखिय संख्यामा वडावासीको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया