इटहरी । थारु समुदायका हकहित संरक्षण तथा सम्वद्धन गर्ने उद्धेश्यले गठन भएको थारु आयोगले इटहरीमा आयोजना गरेको एक कार्यक्रमका सहभागीहरुले संविधानमा उल्लेख भए बमोजिम समानुपातिक समावेशीताको पालनामा जोड दिए ।

नेपाल सरकारले थारु समुदायको इतिहास र संस्कृतिको पहिचान ,हक हितको संरक्षण र सम्वद्र्धन तथा थारु समुदायको सशक्तीकरणका गठन गरेको थारु आयोगले सो विषयमा केन्द्रीत छलफm तथा अन्तरक्रिया कार्याक्रमका सहभागीहरुले समानुपातिक समावेशीता व्यवहारमा लागु गर्नु पर्ने सुझाव दिएका हुन।

थारु समुदायका अग्रज तथा विभिन्न संघसंस्थामा आवद्ध व्यक्तित्वहरुको सहभागिता रहेको कार्यक्रममा पुर्व क्षेत्रका थारु समुदायका कला संस्कृति जर्गेना गर्नु पर्ने विषयमा समेत आयोग गम्भीर रुपमा लाग्नु पर्ने सुझाव थारु समुदायका अगुवाहरुले दिए । आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीको अध्यक्षतामा भएको छलफल तथा अन्तरक्रिया कार्यक्रममा थारु समुदायले भोग्नु परिरहेको समस्या , थारु आयोगले सरकारलाई थारु समुदायको हकहित तथा संरक्षणका लागि नीति तथा कार्यक्रममा समेट्नु पर्ने विषयवस्तुहरुका विषयमा समेत छलफल भएको थियो । थारु समुदायका अगुवा तथा विज्ञहरुसंग छलफल गर्ने क्रममा मुख्य रुपमा समानुपातिक समावेशी सहभागिताको विषय प्रमुख रुपमा उठ्ने गरेको वताए । त्यसै गरि भाषा संस्कृति संरक्षणका विषय पनि महत्वपुर्ण रुपमा सबै ठाउँमा उठ्दै आएको जानकारी गराए । यस प्रकारका कार्यक्रमहरु अन्य ठाउँहरुका समेत हुदै आएको थारु आयोगका कर्मचारी वेदराज भट्टराईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया