सुन्दरहरैचा, मोरङको सुन्दरहरैचा नगरपालिका वडा नं ०३ ले आज योजना छनौटको अन्तिम भेला सम्पन्न गरेको छ ।

हप्ता दिन अगाडि देखि युवा, बालबालिका, महिला , तथा वडामा रहेका विभिन्न संघ सस्थाहरुको भेला गरेर योजना छनौटमा लागेको वार्ड नं ०३ ले आज वडाका सम्पुर्ण संघ सस्था तथा विभिन्न संघ सस्थाका प्रतिनिधिहरुको भेला गरि बृहत् छलफल कार्यक्रम आयोजना गरेको वडा अध्यक्ष जीवन ढुंगानाले बताए ।

सुन्दरहरैचा वडा नं ०३ मा रहेको लक्ष्मी नारायण मन्दिरको प्रागणमा भएको उक्त भेलाले वडालाई समृद बनाउन सयौ विकासका योजनाहरु संकलन गरेको वडा सदस्य प्रविण पोखरेलले जानकारी दिए ।

उक्त छलफल कार्यक्रममा नेकपाका नेता अजम्बर राईले विकास निर्माणमा स्थानिय नगरवासिहरु सग समेत सहकार्य गरि लाग्नु पर्ने सुझाव दिएका थिए । उनले नगरले खोला तटबन्धन क्षेत्रमा लगानी गर्दा नगरले र वार्डले कति लगानी गर्न सक्छ अगाडिनै योजना बद्द रुपमा तयार पारी लगानी गर्न पर्ने बताएका थिए ।

वार्डले गरेको उक्त छलफलमा महिलको तर्फबाट बोल्दै सावित्रा शिवाकोटीले वार्डले गर्ने हरेक योजनामा महिलाको सहभागिता समेत गराउनु पर्ने बताएकी थिइन ।

०७५/०७६ सालको योजना भन्दा यस वर्ष फरक शैलिबाट विकासको कार्यमा अघि बढ्ने वडाध्यक्ष ढुंगाना ले बताए ।

छलफलमा वडाका २५० भन्दा बढी वडाबासिहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया