सुन्दरहरैचा, डेंगु रोग नियन्त्रणका लागि सुन्दरहरैंचाले आज मंगलबार देखि लामखुट्टेका लार्भा र बासस्थान नष्ट गर्न स्वास्थ्य शाखा प्रमुखको संयोजक्त्वमा नगरभरी स्थ्यकर्मीहरु परिचालन गरेको छ ।

वर्षायामको गर्मी संगै लामखुट्टेको टोकाईका कारण डेङ्गु रोगका विरामीहरु फेला परेसंगै सुन्दरहरैंचा नगरपालिकाले यस रोगको नियन्त्रणका लागि लागिपरेकोे छ ।

केही दिन यता सुनसरीको धरानमा अत्याधिक डेंगुका बिरामीहरु भेटिएका छन् । यो रोग फैलदै सुन्दरहरैंचामा पनि देखा परेकाले यसलाई नियन्त्रणका लागी तत्काल लामखुट्टेको बासस्थान र लार्भा नष्ट गर्न नगरपालिकाको बारुण यन्त्र प्रयोग गरी स्प्रे गर्न थालेको हो ।

नगरले परिचालन गरेको उक्त परिचालन समितिले नगरमा व्यापकरुपमा रहेको डेंगुको लाभ्रालाई नष्ट गरेको सुन्दरहरैचा स्वास्थ्य शाखाले जनाएको छ ।

हाल प्रदेश नं १ का विभिन्न जिल्लामा व्यापक रुपमा फैलदै गएको डेङ्गु रोग नफैलियोस् भनेर देखा परेका स्थानहरुमा नियन्त्रणका लागि दमकल नै प्रयोग गरेर लामखुट्टेको बासस्थान र लार्भा नष्ट गर्न स्प्रे गरीरहेको छ ।

तपाईको प्रतिक्रिया