धनपालथान, मोरङको धनपालथान गाउँपालिका-४ गदिया खोला नजिक आज भ्यानको ठक्करबाट १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । रंगेली बिराटनगर सडक खण्डमा बिहान ६ बजेको समयमा एन.एम.सी. डेरी उद्योग झापाको मे १ च ४६०९ नम्बरको भ्यानले पैदलयात्री धनपालथान गाउँपालिका-४ बस्ने बर्ष १२ को मोहमद जवार, बर्ष १८ को मोहमद कैफ र बस्ने बर्ष १५ को अफसार अन्सारीलाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते तिनै जनालाई उपचारको लागि न्यूरो अस्पताल विराटनगर पठाईएकोमा उपचारको क्रममा मोहमद जवारको बिहान साढे ६ बजे मृत्यु भएको हो भने २ जनाको सोही अस्पतालमा उपचार भईरेहेको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरी टोली खटि गई ठक्कर दिने भ्यान र चालक झापा मेची नगरपालिका-७ बस्ने बर्ष २२ को गोविन्द प्रसाद अधिकारीलाई नियन्त्रणमा लिईएको उक्त कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया