इटहरी, पछिल्लो समय इटहरी उपमहानगरपालिका एउटै विषयमा चर्चामा आईरहेको छ । उक्त विषय हो ‘भ्रष्टाचार विरुद्द ‘ मेयर द्वारिकलाल चौधरीको खरो एक्सन ।

 

उक्त विषयले अहिले देश व्यापी रुपमा चर्चा पाईरहेको बेला नेपाली काङ्ग्रेस इटहरीका नगर सभापती  हेमकर्ण पौडेलले नगरप्रमुख द्वारिकलाल चौधरीको भ्रष्टचार विरोधी अभियानमा साथ दिने बताएका छन ।

 

उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै भनेका छन :- ” मेयर साप भ्रष्टचार छानबिनमा योजना बद्द लाग्नुहोस ,विधि सम्बद लाग्नुहोस साथ सहयोग छ । अहिले चाहिँ इटहरीमा डेंगुको संक्रमण बाट बचाउ तिर लागिहाल्नुहोस । यसले कसैलाई बाकी राख्दैन । नागरिकलाई सचेतना मुलक सन्देश दिदै स्वास्थ्य प्राविधिकको सल्लाह लोएर एउटा कदम लिनुहोस रोकथाम कसरी हुन्छ । इटहरीमा पनि देखियो संक्रमण । ”

 

यस्तो छ सामाजिक सञ्जालमा लेखिएको हेमकर्ण पौडेलको फेसबुक पोस्ट :-

तपाईको प्रतिक्रिया