काठमाडौंको थलीमा सडक निर्माणमा ढिलाइ भएपछि स्थानीय युवाहरूले प्रदशर्न गरेका छन् ।
सडक निर्माणमा बिलम्व गरिएको भन्दै काठमाडौंको थलीमा युवाहरूले प्रदर्शन गरेका हुन् । प्रदर्शनका कारण यो क्षेत्रको सवारी आवागमन समस्या भएको छ ।
स्वतः स्फुर्त सडकमा निस्किएका युवाहरुले सडक निर्माणमा लापरबाही भएको भन्दै थली क्षेत्रको सडकखण्डमा प्रदर्शन सुरु गरेका छन ।
संघीय सरकार र स्थानीय सरकारको उदासीनताका कारण सडक निर्माणले गति नलिएको भन्दै उनीहरूविरुद्ध प्रदर्शनकारीहरूले नाराबाजी लगाउदै आनदोलन गरेका छन। आक्रोसित युवाहरु भइ सडकमा टायरसमेत बालेका छन् ।
आन्दोलनले सवारी आवत जावतमा समेत रोक लगाएका छन् । युवाको अवरोधपछि यो क्षेत्रको सवारी आवागमन ठप्प भएको छ ।
थली क्षेत्रको सडक लामो समयदेखि रुग्ण भए पनि यसको स्तरोन्नतिको काम पूरा भएको छैन । यसअघि बौद्ध, जोरपाटीलगायत क्षेत्रमा पनि सडक निर्माणमा बिलम्व भएपछि यसैगरी प्रदर्शन भएको थियो ।

तपाईको प्रतिक्रिया