धरान, सुनसरी उद्योग वाणिज्य संघको आज भएको निर्वाचनमा अध्यक्ष पदमा गिरीधारी सापकोटा ७८ मतले विजयी भएका छन् ।

कुल १७४८ मत भएको सुनसरी उद्योग बाणिज्य संघमा १४३४ मत खसेको थियोे जस्मा अध्यक्षपदका उमेदवार गिरिधारी सापकोटालेे ७४१ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी विजयी श्रेष्ठले ६६३ मत प्राप्त गरेका थिए ।

वाणिज्यतर्फको सदस्य पदमा मानबहादुर विश्वकर्मा ५८५ , सीताराम आचार्य ५६९ , नविन राजभण्डारी ५४६ , मनाज श्रेष्ठ ५२७ , सशी साह ५०७ , राजेश अग्रवाल ५०३, अशोक जैन डाँगा ४७५ र दिनेश राई ४७१ मत पाएर विजयी भए ।

यसैगरि,वाणिज्य महिला सदस्यतर्फ शुभेच्छा अधिकारी(श्रेष्ठ)ले ४७५ मत पाएर विजयी भइन् भने उनको प्रतिद्धन्दी ममता शाक्यले ३०० मत मात पाएकि थिन।

उद्योगतर्फबाट सदस्यमा विष्णु वराल ३३१ , पीयुषराज आचार्य ३२२ , महेन्द्र प्रधान ३१७ र प्रभाव खतिवडा २६८ मत पाएर विजयी भए । एशोसिएटतर्फको सदस्यमा भने राजिव गोयल ६२ , गोपाल श्रेष्ठ ५३ र अनिल अग्रवाल ४६ मत पाएर विजयी भएका छन ।

यसअघि नै वस्तुगत तर्फबाट भने शिवराज श्रेष्ठ र रामस्वरुप शर्मा तथा उद्योग महिला सदस्यतर्फ एलिना मगर सदस्यमा निर्विरोध निर्वाचित भइसकेका थिए ।

तपाईको प्रतिक्रिया