सुन्दरहरैचा, प्रदेश नं १ का विभिन्न जिल्लाला पछिल्लो समय डेंगु रोगको सिकार हुने मानिसको संख्या दिनदिनानुदिन बढ्दो क्रममा रहेको छ ।

धरान उपमहानगरपालिकाबाट देखा परेका बिरामीहरु क्रमश इटहरी, केराबारी लगायत सुन्दरहरैचामा समेत यो रोगका बिरामीहरु देखा पर्न थालेका छन । सुन्दरहरैचा नगरपालिका पछिल्लो समय विकासमा फट्को मारेको नगरपालिका हो । तर विकासको नाममा अव्यवस्थित शहरीकरण बढे सगै विभिन्न रोग हरुको संक्रमण बढ्ने सम्भावना जारी छ ।

विकासका नाममा बनिएका बाटाघाटाहरु दिर्घकालिन योजना अनुरुप निर्माण हुदा बनेका अधिकांश सडकमा भएका ड्रेनहरु अव्यवस्थित छन जसले गर्दा यस क्षेत्रको प्रमुख समस्या पानी निकासी हुन नसक्नु रहेको छ ।

नगरपालिका क्षेत्रमा आइतबार डेगुको बिरामी देखा परे लगतै नगरले डेंगु नियन्त्रण गर्न औषधि छर्कने निर्णय गरेको छ तर त्यो दिर्घकालिन हुदैन । नगरले डेंगु नियन्त्रण गर्न औषधि छर्के पनि दिर्घकालिन यो रोगबाट नगरवसीलाई जोगाउन ड्रेनबाट पानी बगाउने उपयुक्त निर्णयको खोजी गर्नु जरुरी छ त्यसका साथै भावी दिनमा विकासको कार्य गर्दा दिर्घकालिन योजना बनाई समृद नगर बनाउनु जरुरी छ ।

सबैभन्दा बढी यो रोगबाट सिकार भएको धरान उपमहानगरपालिका हो । उपमहानगरले दिनै औषही छर्कदा समेत यो रोगलाई नियन्त्रण गर्न सकिरहेको छैन । त्यसैले यो रोगलाई नियन्त्रण गर्न सुन्दरहरैचा नगरपालिकाले समेत बेलैमा सचेत हुनु जरुरी छ ।

धरान लगतै इटहरी उपमहानगरमा यो रोग देखिएको थियो । उपमहानगरले तत्काल यो रोग नियन्त्रण गर्न नगरमा औषधि छर्कने कार्य शुरु गरिसकेको छ ।

सुन्दरहरैचा सगसगै अघि बढेको बेलबारी नगरपालिकामा भने यो रोग देखा नपरी सतर्कताको लागि नगरमा औषधि छर्कने कार्य शुरु गरिसकेको छ ।

यति खेर सुन्दरहरैचा नगरपालिकालाई अब यो रोग नियन्त्रण गर्न हम्मे हम्मे पर्ने देखिन्छ किनभने धरान उपमहानगरमा शुरु मै देखिएको यो रोग नियन्त्रण गर्न औषधि छर्के पनि हाल सम्म यो रोग नियन्त्रण गर्न हम्मे हम्मे परेको बुझ्न सकिन्छ ।

त्यसकारण पनि यो रोग नियन्त्रण गर्न नगरपालिका एक्लैले गर्न नसक्ने बुझ्न सकिन्छ । यस कारण आम नगरवासी आफै सचेत हुनु पनि जरुरी रहेको छ । हामी आम नागरिक हरेक कुरामा नगरको मुख ताक्ने गर्दछौ । केही कर नगरलाई तिर्दैमा हामी सबै नगर आश्रीत हुन खोज्छौ यो जनताको भ्रम हो । हामी आम नागरिक बेलैमा सचेत नभए हामिले यस नगरमा धेरै मानव क्षतिको सामना गर्नुपर्ने देखिन्छ । त्यसका कारण नागरिकले नगरको मुख हेर्ने भन्दा पनि आफुले सक्ने आफ्नो घर अगाडि फोहोर जन्य वस्तु नराखी पानी जम्ने ठाउलाई नियन्त्रण गरि बेलैमा ध्यान दिनु जरुरी छ ।

डेंगु ज्वरो एडिस एजिप्टाई जातको संक्रमित पोथी लामखुट्टेको टोकाईबाट सर्ने संक्रमक सरुवा रो हो । यो रोग सार्ने लामखुट्टे नगर तथा नगरउन्मुख क्षेत्रमा बढी पाइने भएकोले शहरी रोग पनि भन्ने गरिन्छ । यस जातको लामखुट्टेले स–साना सफा पानी जमेका स्थानमा फुल पार्ने गर्दछ । खास गरी वर्षाको पानी जम्ने टिनका डब्बाहरु, रंगका खाली डब्बाहरु, थोत्रा टायरहरु, अल्कत्रा वा मट्टितेलका खाली ड्रमहरु, गमला, कूलर, पानीका ट्यांकी आदिमा यसले फुल पार्दछ । यस लामखुट्टेले धेरैजसो दिउँसो मात्र टोक्ने गरेको पाइएको छ ।

डेंगु ज्वरोका मुख्य लक्षणहरु

–डेंगु ज्वरोका मुख्य लक्षण एक्कासी उच्च ज्वरो आउनु हो ।
–यो ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्छ ।
–ज्वरोका साथसाथै निम्न लक्षणहरु प्नि देखा पर्दछन् ।:-

१, आखाँको गेडी तथा टाउकोको पछिल्लो भागमा धेरै दुख्ने ।
२, शरीर कटकटी दुख्ने ।
३, शरिरमा बिमिरा आउने र रक्तस्राव हुने ।
४, जोर्नी, हड्डी तथा मांसपेशीहरु दुख्ने ।

धेरै ज्वरो आई माथिका लक्षणहरु म्धये दुई वा दुईभन्दा बढी लक्षणहरु देखापरेको खण्डमा डेंगु ज्वरो भएको शंका गर्न सकिन्छ । यसका साथसाथै वाककाकी लाग्ने, वान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत रहेको चक्का (निलडामा) देखापर्ने, वेहोस हुने आदि लक्षणहरु पनि देखा पर्न सक्छन् ।

डेंगु ज्वरोको उपचार

डेंगु ज्वरो भाइरसका कारणबाट हुने भएकोले यसको खास उपचार छैन । स्वास्थ्य संस्थामा यसको लक्षणका आधारमा उपचार गरिन्छ । यस रोगको खास उपचार नभएकाले रोगीले सामान्यतया घरमै आराम गरी बसेमा तथा प्रशस्त झोलिलो पदार्थ खाएमा आफै ठिक हुन्छ । तर, रोगको जटिलता बढेमा नजिकको स्वास्थ्य संस्थामा भर्ना भई चिकित्सकको सल्लाह अनुसार उपचाार गराउनुपर्दछ ।

डेंगु ज्वरोबाट बच्ने उपाय

१, डेंगु ज्वरोबाट बच्न लामखुट्टेको टोकाईबाट बच्नुपर्छ । लामखुट्टेको टोकाईबाट बच्नका लागि लामखुट्टेको वृद्धी विकासमा नियन्त्रण गर्नुपर्दछ ।
२, आफु बस्ने ठाँउ वरिपरि फालिएका खाली बट्टा, टुटे फुटेका कप, बोतल अलकत्रा वा मट्टीतेलका खाली ड्रमहरु, पुराना टायर आदिमा पानी जम्न नदिने उपाय गर्नुपर्छ ।
३, अनावश्यक पानी जमिहालेको खण्डमा हप्ताको २ पटक पानी वरिपरि डढेको मोविल वा मट्टितेल छर्कने र खानेपानीको ट्यांकीलाई पनि लामखुट्टे प्रवेश गर्न नदिने गरी ढाकेर राख्नुपर्छ । पानी ट्यांकीलाई हरेक हप्ता खाली गरी सफा गर्नुपर्छ ।
४, कुलरमा रहेको पानीमा प्रत्येक हप्ता १, २ चम्चा मट्टितल हालिदिने गर्नुपर्छ र ५, ५ दिनमा कुलरमा जम्मा भएको पानी सफा गर्ने गर्नुपर्छ ।
५, लामखुट्टेको टोकाइबाट बच्न पूरा बाहुला भएको पूरा शरीर ढाक्ने लुगा लगाउनु पर्छ । यसका साथै लामखुट्टेको टोकाईबाट बच्ने मलम लगाउनुपर्छ ।
६, डेंगु ज्वरो विरुद्धको खोप तथा खास उपचार समेत नभएको हुँदा दिनमा टोक्ने लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगबाट बच्ने मुख्य उपाय हो ।

तपाईको प्रतिक्रिया