बलिउड गायिका नेहा कक्करले गएराती राजधानीको ठमेलमा प्रस्तुती दिएकी छिन्  

 

 

गायिका नेहा आफ्नो प्रस्तुति दिनका लागि पहिलो पटक काठमाडौंका आएकी थिइन्  

 ‘नेहा कक्कड लाइभशीर्षकको कार्यक्रममा गायिका नेहा कक्करले आफ्ना लोकप्रिय गीतसंगीत प्रस्तुत गरेकी थिइन् पारामाउन्ट ईन्टरटेन्मेन्टले नेहा कक्कडलाई काठमाडौंमा प्रस्तुत गरेको हो।  

प्रस्तुति चल्दै गर्दा केहीबेर तनाव समेत उत्पन्न भएको थियो आयोजकले क्षमता भन्दा बढी टिकट विक्रि गरेपछि दर्शकले विवाद गर्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो  

महानगरीय प्रहरी बृत्त सोह्रखुट्टेका डीएसपी सन्तोष सिंह राठौरले कार्यक्रमस्थल लड अफ ड्रिंस क्लबमा क्षमता भन्दा बढी टिकट वितरण हुँदा अवस्था असहज भएपछि तीन जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए 

तपाईको प्रतिक्रिया